गुल्मेली र बागलुंगेको बबाल टिरिक हेर्नुहोस्

इश्वरी घिमिरे, 
पुर्कोट घर दक्षीण कोरियाको प्रस्तुति रहेको गायकहरु इश्वरी घिमिरे , कुञ्जमणि थापाको जमर्कोमा   सुमधुर स्वरमा नयाँ तिज गित "टिरीक मिलामकी" बाेलकाे गीत सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको यस गीतमा अहिलेकी चर्चीत गायिका बन्दना पाण्डे सँगै, कुञ्जमणी थापा, इश्वरी घिमिरे, सुमित्रा मुखिया, रेखा बुढा खड्काको मिठो स्वर रहेको छ । यस गीतमा इश्वरी घिमिरे र सुमित्रा मुखियाको शब्द छ भने यस गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् छायांकनमा मिराज अर्याल, राघव, सम्पादन विवेक खड्का, कोरियोग्राफर बिन्दु खड्का र उदिराम खड्काको निर्देशन रहेको छ । गीतको म्युजिक भिडीयोमा सुमन परियार, युनिक क्षेत्री र रिना थापा मगर को अभिनय रहेको छ ।

कोरियालाई आफ्नो कर्मथलो बनाउदै आएका गायक  कुञ्जमणि थापाले इश्वरी घिमिरे सगै  पछिल्लाे समय गीत एकपछि अर्काे हिट गीत ल्याउन सपफल भएका छन् । गुल्मीमा जन्मिएका गायक कुञ्जमणि थापा संगीतिक क्षेत्रमा पूरानो नाम हो । बासुरी बाधकका रुपमा करिअर सुरु गरेका उनले २०६५ सालमा पहिलो गीत कम्पोज गरेका थिए । उनको स्वरमा अहिले आधा दर्जन बढि गीत तयार भइसकेका छन् । त्यस्तै गित संगीतमा पोख्त इश्वरी घिमिरे कला गायनमा संघर्सरत छन l
यस गीतका बारेमा साेध्दा उनी भन्छन् ‘मैले गीत संगीतका लागि निकै संघर्ष गरेकाे छु । यो गीत सुन्दा रमाइलो महसुस गराउने भएको हुँदा गीतले सबैको मन जित्नेमा विश्वस्त छु ।’ थापा गीतको अडियो र भिडीयो राम्रो बनेकोले श्रोता दर्शकले यो गीतलाई मन पराउने बताउछन्।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।


,

0 comments

Write Down Your Responses

-->