कास्की परिवार द्वारा हरितालिका तिज कार्यक्रम सम्पन्न [भिडियो सहित ]


"संगठित समुह नै प्रदेशको सहारा हो" भन्ने मुल नाराका साथ यस प्रवासी भूमी द.कोरियामा सक्रिय संस्था कास्की परिवारद्वारा महिला चेलीबेटीहरुको सम्मान स्वरूप हरितालिका तीज बिशेष कार्यक्रम गत २५ अगस्ट आईतबार दोंदेमुंन आगमन रेस्टुरेन्टमा सफलताका साथ भब्य रुपमा सम्पन्न भएको छ l
कास्केली चेलीबेटीहरुलाई सम्मान स्वरूप दर खुवाई एक आपसमा सद्भावना बढाउन र मनोरंजन दिलाउनको लागी आयोजना गरिएको सो कार्यक्रममा वुमन फर वुमनका अध्यक्ष ऋतु श्रेष्ठको प्रमुख आतिथ्यमा कास्की परिवारका अध्यक्ष सुरज गुरुङ्गको सभापतित्वमा आमन्त्रित बिशिस्ट अतिथिहरु, सस्थाका सरक्षक ,सल्लाहकार लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु सगै बिभिन्न महानुभावहरुको उपस्थितिमा तीजका सुमधुर सगीतहरुको साथमा गीत गायनका साथै नृत्यहरु प्रस्तुत भएको थियो l कार्यक्रममा कास्केली चेली गायिका रमिला गौतम को बेजोड तिज गीत कोशेलीहरुले भरपुर मनोरंजन र संगीतको माहोल तातेको थियो l साथमा गायक पुरन गुरुङ ,लिलु गुरुङ का थप नृत्य कोशेलिहरुले रौनकता थपेको थियो l
कार्यक्रममा बोल्दै कास्की परीवारका अध्यक्ष सुरज गुरुङले सो निमन्त्रणा लाई स्वीकार गर्दै पाल्नु भई कार्यक्रमको शोभा बढाई दिनु हुने सम्पुर्ण चेलीबेटि हरुलाई धन्यवाद व्यक्त गर्दै उक्त कार्यक्रममा दिदिबहिनी- चेलीबेटीहरुलाई दर खुवाउन सहयोग पुर्याउनु हुने सम्पुर्ण उपस्थित शुभचिन्तक तथा कास्केली दाजुभाइहरुमा पनि हृदय देखि नै आभार प्रकट गर्नुभएको थियो l प्रथम चरणमा औपचारिक कार्यक्रम सस्थाका सह सचिब आरति ह्योल्मो र दोश्रो चरण सास्कृतिक चरण सचिब पुरन गुरुङ द्वारा संचालनमा अगाडी बढेको थियो l
-कृष्ण पुरी
-प्रकाशित मिति : २७ अगस्ट ,२०१९ कोरिया l
संबन्धित तस्बिरहरु :
कास्की परिवार द्वारा हरितालिका तिज कार्यक्रम सम्पन्न [फोटो  भिडियो फिचर सहित ]














,

0 comments

Write Down Your Responses

-->