नेपथ्य लाईभ कन्सर्टको यसरी भब्य पूर्ण तयारी


कृष्ण पुरी
२ अक्टोबर -२०१७ कोरिया l
शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ यहि अक्टोबर ४ तारिख छुसकमा नेपालबाट चर्चित "नेपथ्य ब्याण्ड" ल्याएर कार्यक्रम आयोजना गर्ने तयारी गरेको कास्की परीवारले सम्पूर्ण तयारी ब्यापक र भब्य रुपमा पुरा भएको जनाएको छ l कास्की जिल्लामा बिशेष गरी बिपन्न बर्गमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ कोरियामा माछापुच्छ्रे सागीतिक सौगात भाग -३ मार्फत साँस्कृतिक कार्यक्रम संचालन गर्नको लागी बिभिन्न उप समिति बनाएर हल,टिकट,प्रचारप्रसार लगाएतका तयारीमा जुटेको थियो l कार्यकम तयारी लगाएत भब्य सफल पार्न केहि कसर बाकि नराखी अझ शसक्त रुपमा लागिरहेको कार्यकम सयोजक खोम गुरुङले बताएका छन l कन्सर्ट हल जान ५ नम्बर लाइन को माचन जाने ट्रेन हुदै ओलम्पिक पार्क ३ नम्बर गेट मा झरेर सहजै लोकेसन निर्देशनका आधारमा पुग्न सकिनेछ l निर्धारीत समय अनुसार नै ३ बजे नेपथ्यबाट सागीतिक कन्सर्ट सुरु हुने हुदा अगाबै प्रवेश गरी सुरक्षितरूपमा कन्सर्टको लागि ढुक्क हुन सक्नुहुनेछ l ४ गते हुने सो कन्सर्टका लागी नेपाल बाट नेपथ्य ब्याण्ड २ गते आजै साझ उड्ने र ३ गते बिहान कोरिया छिर्ने जानकारी प्राप्त भै सकेको जनाईएको छ l नेपथ्य कन्सर्टको बिशेष आकर्षण अन्तर्गत सौलको रमणीय ओलम्पिक पार्कमा अवस्थित अत्याधुनिक साउण्ड सिस्टम र अधिक सिट क्षमता रहेको अन्तर्राष्ट्रिय स्तरको सुबिधा सम्पन्न हल, सदाबहार चर्चित नेपथ्य ब्याण्डको २५ औ बार्षिकोत्सवको यात्राको अवसरमा यस पाली पृथक बिशेष प्रस्तुतिहरु ,नेपाल देश प्रेम र एकताको संदेशहरु रहेका छन् l साथमा कोरियामा हाल सागितिक भ्रमणमा रहेका नेपालका चर्चित StrukPoP को टोलीको पनि बिशेष नृत्य पप् प्रस्तुतिहरु रहनेछन l त्यस्तै गरी कार्य शिलशिलामा नेपाली रास्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ पनि दक्षिण कोरिया आउने र सो कन्सर्टमा सम्मान गए रिने जानकारी पनि रहेको बताइएको छ l बिभिन्न संघ सस्था तथा महानुभावहरुलाई निमन्त्रणा गरिसकिएको र कारणबस सुचना छुट भएमा यसै समाचारलाई आधार मानेर उपस्थिति जनाईदिनुहुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अध्यक्ष दिल जलारी पासाले गरिमामय उपस्थितिको लागी बिशेष अनुरोध गर्नुभएको छ l कास्की परिवारको उक्त कार्यक्रम सफल पार्न कोरिया स्थित सम्पूर्ण नेपाली संघ-संस्था एवं समुदायहरुको सकारात्मक सहयोग एवं समर्थनको लागि परीवारले बिशेष अनुरोध गरेको छ lभुपु अध्यक्ष तथा सल्लाहकार नवीन गुरुङ्गको ब्यबस्थापनमा कलाकार ब्यबस्थापन , हल लगाएत अन्य आवस्यक तयारी सम्पन्न भएको छ l कार्यकम तयारीमा बिभिन्न तवरले सहयोग पुर्याउनु हुने सबैलाई आभार प्रकट गर्दै कोरिया को विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, व्यबसायी, विद्यार्थी, मजदुर तथा सम्पूर्ण नेपाली दाज्यु-भाइ तथा दिदी-बहिनीहरुलाई कार्यक्रम सफल पार्न गरिमामय उपस्थिति जनाई नेपाली बीच एकताको संदेश छर्दै नेपथ्य लाईभ कन्सर्ट को भरपुर मनोरंजन प्राप्त गर्नुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ । आवस्यक सम्पर्क :- खोम गुरुङ :-०१०- २५११-११२४ नबिन गुरुङ -०१०-९४७१-४४५७
सुरज गुरुङ -०१०-८३८२-४३४३ कृष्ण पुरी - ०१०-९७५७-३३५१ दिल जलारी "पासा" 010-6463-6080हरिशङ्कर भण्डारी - 01064426132गोबिन्द बराल - 01032897712बलराम भण्डारी -01021748543अमृत शिवभक्ती - 01059240602राज गोपाल सापकोटा - 01021920859
सुजन अधिकारी - 01021753410


, ,

0 comments

Write Down Your Responses

-->