दक्षिण कोरियाको फेन्थेकमा नेपालीहरुले दशैँ मनाए

लक्ष्मण पौडेल , नमस्ते नेपाल कोरिया संवाददाता ,कोरिया l
अक्टोबर २ ,२०१७ l
दक्षिण कोरियामा यहि सेप्टेम्बर ३० तारिख शनिबार बिदाको अवसर पारेर विभिन्न स्थानमा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरु र केहि कोरीयन सगै हर्सो उल्लासको साथ दशैं मनाएका छन् l

आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रबाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित दशैँको महत्व झल्काएका छन् l

यसै क्रममा कोरियाको फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रमा पनि गत शनिबार साझ भब्यरुपमा दशैँ मनाइएको छ l नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरुका साथै नेपाली परिकारका खानाको पनि प्रबन्ध गरिएको थियो l


उक्त नेपाली समितिका अध्यक्ष लेखनाथ पराजुलीको सभापतित्वमा शनिबार साझ सम्पन्न भएको कार्यक्रममा समाजसेवी तथा ब्यबसायी अम्बिका डिसी पार्क प्रमुख अतिथि , बिशेस अतिथि सेन्टर संचालक किम , पुर्ब अध्यक्ष तथा पत्रकार कृष्ण पुरी, आर्ती रेस्टुरेन्टका खिम सुबिन ,माउन्टेन रेस्टुरेन्टका सुजन श्रेष्ठ, हिन्दु जागरण अभियानका पुर्ब अध्यक्ष यम सापकोटा लगाएत को उपस्थितिमा शुभकामनाहरु रहेको थियो l स्वागत कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद बेलबासे तथा कार्यक्रम संचालन सचिब लक्ष्मण पौडेल द्वारा भएको थियो l पुर्ब कार्य समिति लाई सम्मान साथमा गीत संगीतमा सहयोग पुर्याएका महानुभावहरुलाई पनि सम्मान गर्दै बिभिन् गीत नाच बाट दशैँ को रमझम भएको थियो l
अन्य विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम उत्साहजनकरुपमा समापन भएको थियो l

सम्बन्धित तस्बिरहरु :-







,

0 comments

Write Down Your Responses

-->