अक्टोबर ३ रातभरी दोंगदेमुंन फ्री स्टाइलमा तात्ने

रमाइको संगै सामाजिक सेवा पनि गर्दै आइरहेको नमस्ते ग्रुप द.कोरिया ले कोरियन पर्व छुसकको अवसरमा (3 Oct 2017)छुसकको पहिलो दिनमा [FREESTYLE DANCE PARTY VOL-3] को आयोजना गर्ने भएको छ।

यस पार्टीबाट आम्दानी भएको रकमले प्राकृतिक प्रकोपका कारण अनाथ हुन पुगेका बालबालिकाहरुको शैक्षिक विकासका लागि सहयोग गर्ने नमस्ते ग्रूप का एक सदस्य ले बताए । यसर्थ सम्पुर्ण कोरियावासि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ यस कार्यक्रममा उपस्थित जनाइ रमाइलो गरिदिनु हुनपनी अनुरोध गरेका छन।


यस अघि डान्स पार्टी बाट उठेको रक़म नमस्ते ग्रुप द.कोरिया ले भुकम्प पीडितलाई राहत वितरण , हाल सालै नेपालमा गएको बाढि पहिरो बाट बिछिप्त नेपालीको लागी यस ग्रूपले कोरियामा सहयोग अभियान संचालन गरी नेपालमा राहत वितरण गरेको थियो।

,

0 comments

Write Down Your Responses

-->