कोरियामा छनान वैदेशिक महोत्सव सम्पन्न

छनान, दक्षिण कोरिया
छनान माइग्रेन्ट सेन्टर (छनान वैदेशिक परामर्श सेवा केन्द्र) द्वारा आयोजित छनान वैदेशिक महोत्सब गत सेप्टेम्बर २४ का दिन छनान स्थित नाम सौल युनिभर्सिटीमा विभिन्न देशका उल्लेखनीय वैदेशिक मजदुरहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

यस महोत्सवमा छनान नगरपालिकाका मेयर , कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुनजंग बहादुर सिंह कोरियन तथा विभिन्न देशका अतिथिहरु लगाएत बिदेशी तथा नेपालीहरुको पनि बाक्लो गरिमामय उपस्थिति रहेको थियो।

यस महोत्सवमा उपस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुले राष्ट्रिय भेष भुषा, नेपालको राष्ट्रिय झण्डा सहित झाँकि (परेड) प्रस्तुत गर्नु भएको थियो।

आफ्नो महत्वपुर्ण उपस्थिति जनाई यस महोत्सवको साथ साथै राष्ट्रको नै शोभा बढाइ दिनुभएकोमा आयोजक संस्थाको तर्फबाट शशी मल्लले प्रत्यक्ष / अप्रत्यक्ष सहयोग पुर्याउने सबैमा धन्यबाद एवम कृतज्ञता ज्ञापन गर्नु भएको छ।

यस महोत्सवमा विभिन्न देशको आ आफनो साँस्कृतिक कार्यक्रम, विभिन्न देशको परिकार , स्वास्थ्य जाँच, स्वदेश फिर्ती बिमा चेक जाँच,बिबिध परामर्श, बिबिन्न प्रतियोगिता तथा भाग्यशाली चिठ्ठा जस्ता उपयोगीमुलक कार्यक्रम निशुल्क रुपमा समाबेश गरिएको थियो।

सहभागी मध्ये निशुल्क खोलिएको भाग्यशाली चिठ्ठामा पहिलो पुरस्कार ५५” इन्च एल सि डि टेलीभिजन पनि नेपालीको पोल्तामा परेको थियो।प्रत्येक बर्ष छनान स्थित वैदेशिक मजदुरहरुको हितको निम्ति सेवा केन्द्रले यसरी कार्यक्रम गर्दै आइरहेको छ।

0 comments

Write Down Your Responses

-->