फेन्थेक माइग्रेन्टमा शनिबार साँझ दशैँ मनाईदै

नमस्ते नेपाल कोरिया संवाददाता ,कोरिया l
२५ सेप्टेम्बर,२०१७,कोरिया l
दक्षिण कोरियाको फेन्थेकमा यहि आउदो सेप्टेम्बर ३० तारिख शनिबार साझ छुसक बिदाको सुरुवात साथै नेपालको विजयादशमीको शुभ अवसर पारेर सबै प्रवासी नेपालीहरु सगै हर्सो उल्लासको साथ दशैं मनाइने भएको छ l
कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टरमा आयोजना हुने उक्त कार्यक्रममा आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रबाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित दशैँको महत्व झल्काउने छन् l
नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरुका साथै नेपाली परिकारका खानाको पनि प्रबन्ध गरिएको नेपाली समितिका अध्यक्ष लेखनाथ पराजुलीले जानकारी गराउदै सम्पूर्ण कोरिया बासी नेपालीहरुमा हार्दिक निमन्त्रणा गरेका छन् l
कार्यक्रम विवरण :
-दशैँ कार्यक्रम
(बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु )
-मिति : सेप्टेम्बर ३० शनिबार
- समय :- साझ ६ बजे देखि
आवस्यक सम्पर्क :- लेखनाथ पराजुली -०१०-४८९७-६१९४
-राजेन्द्र बेलबासे-०१० -३४२३-५५२०



0 comments

Write Down Your Responses

-->