फेन्थेक माइग्रेन्ट नेपाली समितिअध्यक्षमा लेखनाथ पराजुली चयन



नमस्ते नेपाल कोरिया संवाददाता
१७ सेप्टेम्बर,२०१७ कोरिया l

सबै नेपालीमा सद्भाव एकता,दुख-सुखमा आत्मियता भन्ने मूल भावाना बोक्दै आएको कोरियाको प्रबाशी नेपालीहरुको साझा सस्था फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितीको सम्पन्न छैठौ साधारण सभामा लेखनाथ पराजुली निर्बिरोध अध्यक्षमा चयन भएका छन् l

कोरियाको सेप्टेम्बर १७ तारिख आईतबारका दिन साधारण सभा तथा अधिबेसन कार्यक्रमको पश्चात सो समिति बिघटन गरी बन्द सत्र प्रक्रिया चलाईएको थियो । माइग्रेन्ट सेन्टर संचालक किमको प्रमुख निर्णायक सयोजन समिती बाट उक्त समिति गठन गरी नेतृत्वमा १२ सदस्सिय नयाँ कार्य समिति चयन गरेको छ । हाल समितिमा सयोजक भूमिकामा रहेका नवलपरासी स्थायी घर निवासी लेखनाथ सो समितीमा आबद्ध हुदै सामाजिक क्षेत्रमा सक्रिय भूमिकामा रहनुभएका कारण सर्ब सम्मतले निर्बिरोध अध्यक्षमा छानिएका हुन् ।
कार्यक्रममा समितीका रामेश्वर महतो बाट उपस्थित सबैलार्इ स्वागत मन्तब्य प्रकट भएको थियो । समाजसेवी तथा ब्यबसायी अम्बिका डिसी पार्कको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा माइग्रेसन आबद्ध बुद्धिजिबीहरु सघं, संस्थाका प्रतिनिधि , पत्रकार, कलाकार स्थानिय नेपालीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संञ्चालन सोहि समितीका सचिब राजेन्द्र बेलबासे ले गरेका थिए भने सो बर्षको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरज चौधरी द्वारा पेश गरीएको थियो ।

सो नया समिती चयन र कार्यक्रम सफल पार्नुहुने सम्पूर्ण महानुभावहरुलाई फेन्थेक नेपाली समितीका नव गठित समितीका अध्यक्ष पराजुलीले स्वागत गर्दै हार्दिक आभार तथा धन्याबाद ज्ञापन गरेका थिए ।
उक्त माइग्रेन्ट नेपाली समितीको नया कार्यसमिति चयन गर्न बिसेष सहयोग गर्नुहुने सबै लाई संचालक किम लगाएत अन्यमा कृष्ण पुरी ,राज श्रेष्ठ द्वारा सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यबाद ब्यक्त गर्दै समिती सामाजिक कार्यमा निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेको छन ।
नया कार्यसमितिको सिफारिसमा आवस्यकता अनुसार थप नया सदस्यहरु राख्न सकिने पनि सो समितीले जानकारी दिईको छ ।

नया गठित कार्य समितिहरु:-
अध्यक्ष: लेखनाथ पराजुली
बरिस्ठ उपाध्यक्ष :- राजेन्द्रप्रसाद बेलबासे
उपाध्यक्ष;- गंगा भट्ट
कोषाध्यक्ष :- बिशाल जिसी
सचिब :- लक्ष्मण पौडेल
सह सचिब :- हेमराज जोशी
सदस्यहरु :-
उर्मिला राई
शान्ती पाण्डे
शिवानी भण्डारी शाह
सुवास तामांग
किशोर पौडेल


महेश बम





,

0 comments

Write Down Your Responses

-->