साम्बो टोली कोरिया प्रस्थान


काठमाडौं  - तेश्रो फियाज प्रेसिडेन्ट साम्बो कपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको डोङ्गे प्रस्थान गरेको छ ।



सेप्टेम्बर १ देखि ४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८२ केजी स्पोर्ट्स साम्बोमा जितबहादुर तामाङ, ६२ केजी स्पोर्ट्स साम्बो र कम्ब्याटमा कृष्णलाल तामाङ र ७४ केजी स्पोर्ट्स साम्बोमा दिनेश महर्जनले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।



प्रशिक्षकमा सागर थापा तथा अफिसियलमा नेपाल साम्बो फेडेरेसनका उपाध्यक्ष रमेश पौडेल र महासचिव उत्तम श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य नारायणप्रसाद पौडेल र सशस्त्र प्रहरीका पूर्व एआईजी कृष्णकुमार तामाङले एक कार्यक्रमबीच बिदाइ गरे ।

0 comments

Write Down Your Responses

-->