मजदुर मैत्री एनआरएन बनाउन सचिबमा ईश्वरी घिमिरेको उम्मेद्बारी घोषणा

२८ अगस्त ,२०१७ :सोल: कोरिया l नमस्ते नेपाल कोरिया सम्बादाता 
यहि आउदो सेप्टेम्बर ९ ,१० तारिकमा गैर आवासीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन को मिति तोकिए सगै चुनाबी महोल चुलिएको छ। यसै लाई मध्यनजर गर्दै सचिब पदमा गुल्मि निवासी इश्वरी घिमिरे( राजेस ) ले उम्मेद्बारी दिएका छन।  मिडिया मार्फत आफ्नो उम्मेद्वारी  घोषणा गर्दै घिमीरे ले एनआरएन कोरियालाई कोरियाबासी नेपालीहरूको हितमा काम गर्ने संस्था बनाउन आफुले उम्मेद्वारी घोषणा गरेको बताए।गुल्मी सम्पर्क समिती को उपाध्यक्ष र पुर्कोट घर दक्षिण कोरिया को अध्यक्ष रहेका उनी बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय छन् । धरै जसो समय कोरियामा  रोजगारमा रहेका नेपाली हरुको दुख,परामर्श  सहयोगमा साथ् दिन खटिरहने घिमिरे ले साथीहरुको पहलमा पुर्कोट घर स्थापना गरी नेपाली हरुमा उल्लेखनीय साथ् सहयोग हरु पनि गर्दै आइरहेका छन् l बिशेष गरी इपिएसअन्तर्गतका नेपालीलाई साथ् दिन साँस्कृतिक ,धार्मिक ,सामाजिक सर सहयोग जस्ता काम हरु कोरियामा गर्दै नेपालमा पनि आपत विपदको घडीमा पनि लागी परेका छन् l उनले मजदुर मैत्री एन आर एन बनाउन आफ्नो बिशेष पहल रहने अठोट राख्दै सम्पूर्ण कोरिया बासी नेपालीहरुमा अमुल्य मत दिएर सहयोग पुर्याईदिनुहुन अनुरोध गरेका छन् l 

,

0 comments

Write Down Your Responses

-->