छुसकमा शेर्पा संघले साधारण सभा गर्ने


सउल, कोरिया - शेर्पा संघ दक्षिण कोरियाले कोरियनहरुको महान चाड छुसकमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।


राजधानी सौलस्थित बसेको बैठकमा अध्यक्ष सेर साङबो शेर्पाले सो कुराको जानकारी दिएका हुन्।
वर्तमान कार्य समिति गठन भएको एक वर्षा पूरा भएको र संघ द्वारा गरिएको सामाजिक गतिबिती र आय व्ययबारे समिक्षा गरि भावी योजना तय गर्ने बताए। त्यसै गरी समाजिक गतिविधीलाई थप चुस्त दुरुस्त प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न बिभागहरू गठन गरिने छ ।

जसमा संस्कृतिक, खेलकुद, संचार विभाग गरी तिनवटा छुट्टा छुट्टै गठन गरिने छ । साथै वर्तमान कार्य समितिको सदस्यहरू पनि कोरिया बसाई अवधि सकेर स्वदेश फर्कने क्रम जारी रहेकोले खाली रहेका पदहरुमा पनि सदस्य थप गरिने संघले जनाएको छ।

आगामी ओक्टोबरमा हुन गैरहेको विश्व शेर्पा सम्मेलन सफल पार्नको लागि शेर्पा संघ दक्षिण कोरियाले आर्थिक संकलन गरिरहेको जानकारी दिए।त्यस्तै नेपाल शेर्पा संघद्वारा आफ्नै कार्यलय भवन खरिद गर्न लागिरहेको हुँदा शेर्पा संघ कोरियाले पनि आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।

शेर्पा संघ दक्षिण कोरिया द्वारा वार्षिक साधारणसभा यहि अक्टोबर ४ तारिक नेपाल हाउसमा आयोजन गर्न लागिरहेको सेर साङबले जानकारी दिएका छन्।

0 comments

Write Down Your Responses

-->