मुम्बई इन्डियन्सलाई तेस्रो पटक आइपिएलको उपाधि

काठमाडौं- मुम्बई इन्डियन्सले पूणेलाई १ रनले पराजित गरि दशौं आइपिएलको उपाधि कब्जा गरेका छन् l मुम्बईको आइपिएलमा यो तेस्रो सफलता हो।


पहिलो इनिङमा बनाएको १ सय २९ रनको जवाफमा पूणेले १ सय २८ रन मात्र बनाउन सफल भयो।



मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए।

तर, उनी जोन्सनको दोस्रो बल र कप्तान स्टिभन स्मिथ तेस्रो बलमा आउट भएपछि पूणेले खेल गुमायो।

,

0 comments

Write Down Your Responses

-->