कोरियामा प्रथम ठकुरी कप भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

धन गुरुङ,सउल -
ठकुरी समाज दक्षिण कोरियाले पहिलोपटक आयोजना गर्न लागेको ” प्रथम ठकुरी कप भलिबल प्रतियोगिता २०१७” को खेल तालिका सार्वजनिक भएको छ ।


आइतबार  नेपाल हाउस दोङ्देमुनमा सम्पन्न भएको खेलतालिका सार्वजनिक कार्यक्रममा प्रतियोगिताको तयारीबारे पनि जानकारी गराएको थियो । कुल १९ टिमको सहभागीता रहने प्रतियोगितामा आयोजक ठकुरी समाज र सिजनकै पहिलो उपाधी स्व. डा. हर्क गुरुङ स्मृति कप उचाल्न सफल टिम स्याङ्जा परिवार उद्घाटन खेलमै आमनेसामने हुनेछ ।

प्रतियोगिता अन्तर्गत अन्नपूर्ण दुधपोखरी समाज र युनिक भिजन ग्रुपविच दोस्रो खेल हुनेछ । युनिक भिजन ग्रुप सिजनको पहिलो प्रतियोगिताको उपविजेता टिम हो । त्यसैगरी ख्याङ्जु समाज र पुन समाज, गुल्मी सम्पर्क समिति र मगर संघ थेगु, मोना कोरिया र कुमुनहुल्ली, कास्की परिवार र तनहुँ सम्पर्क समिति , छन्त्याल समाज र नेपाल मगर संघ, बेनी म्याग्दी र तमु धीँविच एकआपसमा भिडन्त हुनेछ । यो प्रतियोगितामा पर्वत समाज, अर्घाखाँची समाज र बागलुङ सम्पर्क समिति भने सिधै बाई पाएर दोश्रो चरणमा  भिड्ने छन । कुमुनहुल्ली, मगर संघ थेगु र बेनी म्याग्दी तीन नयाँ टिमको साथ पाएको प्रथम ठकुरी कप भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १३ लाख वन, ट्रफी र प्रमाणपत्र हात पार्नेछन भने दोस्रो हुने टिमले नगद १० लाख वन र प्रमाणपत्र प्राप्त गर्नेछन । दुई सेमीफाईनालिष्ट टिमले ३ लाख ५० हजार वनको दरले पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिता मे २८ तारिखमा दोङ्देमुन छेयुक्वानमा बिहान १० बजेबाट सुरु हुनेछ ।

0 comments

Write Down Your Responses

-->