रियल म्याड्रिडलाई स्पेनिस लिगको उपाधि

काठमाडौं, -रियल म्याड्रिडले मालागालाई उसैको मैदानमा २–० ले पराजित गर्दै ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ।


रियललाई उपाधि दिलाउन रोनाल्डोबाहेक करिम बेन्जेमाले ५५ मिनेटमा अर्को गोल थपे। रियलले यो सिजन ३८ खेलमा ८३ अंक जोडेको छ। बार्सिलोना भने ८० अंक जोड्दै दोस्रो स्थानमा रहयो।


बार्सिलोनाले अन्तिम खेलमा लिओनल मेसीको २ गोलमा एइबारलाई पराजित गर्यो। पहिलो हाफमा १ गोलले अग्रता बनाएको एइबारविरुद्ध मेसीले ७५ मिनेटमा पेनाल्टी र ९० पछि थप गरिएको दोस्रो मिनेटमा गोल गरेका थिए।

टाकासी इनुले खेल सुरु भएको ७ र ६१ मिनेटमै गोल गर्दै बार्सिलोनालाई स्तब्ध तुलाउने प्रयास गरे। तर, डेभिड जुन्काको आत्मघाती गोलबाट सुरु भएको दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो। कापा ६७ मिनेटमा रातो कार्ड पाएको अवस्थामा लुइस सुआरेजको गोलमा ७३ मिनेटमा बराबरी गोल गर्न सफल भयो। पछि निर्णायक २ गोल मेसीले गरे।

0 comments

Write Down Your Responses

-->