सगुनका संस्थापक गोविन्द गिरी कोरिया आइपुगे

नमस्ते नेपाल कोरिया डट कम- २० मे -
विश्वमा रहेका नेपालीहरुमाझ लोकप्रिय बन्दै गएको लगानी सम्बन्धी सगुनका संस्थापक गोविन्द गिरी दक्षिण कोरिया आइपुगेका छन् ।  सगुनका संस्थापक गोविन्द गिरीलाई एसिया संयोजक केपी सिटौलाले इन्छन विमानस्थलमा स्वागत गरेका थिए lसगुनका संस्थापक गिरी भोलि  सउलमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने  छन् ।

विश्वकै लगानीकर्ताहरुको संख्यात्मक हिसाबले दोस्रो स्थानमा रहेका दक्षिण कोरियाका नेपाली लगानीकर्ताहरुसंग प्रतक्ष्य भेटघाट र अन्तर्क्रीया गर्ने उदेस्यले अस्ट्रेलिया, लन्डन् हुँदै सगुनका संस्थापक गिरी सहितको टोली  कोरिया आज सनिबार आएका हुन् |

भोलि गरिने अन्तरक्रिया कार्यक्रमा सगुन के हो ? यसले के गर्छ ? कसरी लाभ आर्जन गर्छ ? लगानी कर्ताहरुलाई कसरी नाफा दिन्छ ? रभाबी योजनाहरु के छन ? भन्ने बारे गिरीले स्पष्ट पार्ने एसिया संयोजक केपी सिटौलाले जानकारी दिए ।


कार्यक्रमको विवरण 

मिति २०१७ मे २१ आइतबार
समय दिनको १.३० देखि ३ बजेसम्म
स्थान जोंगाक स्थित जोगेसा गुम्बाको हल

आउने तरिकास् सबवे लाइन नं १, जोँगाक स्टेसन गेट नं १ बाट ३००मिटर हिडने

,

0 comments

Write Down Your Responses

-->