सेयरबाट यसरी बने वारेन बफेट विश्वकै दोस्रो धनी

सेयरका बादशाह तथा चर्चित लगानीकर्ता वारेन बफेट अहिले बिश्वका दोस्रो धनी ब्यक्ति हुन् । विश्वका एक नम्बर धनी बिल गेट्ससँग ८६ अर्ब अमेरीकी डलर बराबरको सम्पत्ती छ भने उबफेटसँग ६५ अर्ब बराबरको सम्पत्ती छ । अहिले उनी चर्चित धनाढ्य मात्रै होइनन्, चर्चित लगानीकर्ता पनि हुन् ।


उनी अहिले बर्कसायर हाथवे कम्पनीका अध्यक्ष तथा सिइओ हुन् । सेयरका बादशाहका रुपमा चिनिने बफेटलाई एकैपटकमा सफलता मिलेको भने होइन । तर, बचत गर्ने बानी भने उनको बच्चाकालदेखि नै थियो । सानैदेखि उनी लगानी गर्ने र पैसा कमाउने काममा रुची राख्थे ।यही रुचीले उनलाई अहिले बिश्वको दोस्रो धनाढ्य ब्यक्ति बनाएको छ ।


बच्चैदेखि व्यवसायमा

बफेट सन् १९३० मा अमेरिकाको नेब्रास्कास्थित ओमाहामा जन्मेका हुन् । उनी आफ्नो बाबुआमाको दोस्रो सन्ताान हुन् । उनका बाबु हवार्ड बफे स्केन्डीभियन् हुन् भने उनकी आमा स्पेनिश । बफेटले प्राथमिक तहसम्म ओमाहाको रोज हिल इलिमेन्टरी स्कुलमा पढेका थिए ।

उनी सानैदेखि ब्यापार र सेयर बजारमा रुची राख्थे । साथै यसबाट उनले पैसासमेत कमाउन थालेका थिए । बफेटले सुरुवातमा आफ्नै हजुरबुवाको पसलमा काम गरे । पैसा बचत गर्नको लागि उनले चिसो पेय पदार्थ, साप्ताहिक म्यागेजिन, चुइगमदेखि घरघरमा पुगेर पत्रिका समेत बेच्ने कामसमेत गरेका थिए ।

आफूले बताएको २५ डलर लगानी गर्दै आफ्नो साथिसँग मिलेर पिनबल मेसिन किनेका थिए । जसलाई उनीहरुले हजामको पसलमा राखे ।

त्यहाँबाट भएको आम्दानीका कारण उनीहरु उत्साही भए । त्यसपछि उनीहरुले अन्य हजामका पसलमा पनि पिन बल मेसिन राखे ।

११ वर्षको उमेरमै सेयर खरिद

११ वर्षको उमेरमा बफेटले पहिलोपटक सेयर किने । उनले सुरुमा आफ्नो लागि मात्रै नभई बहिनीका लागिसमेत सेयर किनेका थिए ।

२० वर्षको हुँदा त उनले सेयरबाट ९ हजार ८ सय डलर कमाइसकेका थिए । स्नातक तह सम्मको अध्ययन पुरा गरेपछि उनी जागिरको आशमा जिइआइसिओ इन्सुरेन्सको बोर्डमा रहेका ग्राहमलाई भेट्न गए । तर उनलाई भेट्ने बित्तिकै जागिर मिलेन ।

बफेट त्यहाँ पैसाबिनै काम गर्न तयार भए । केही समय ग्राहमका लागि निशुल्क काम गरे पनि उनी जागिरमा घुस्न भने सकेनन् । जागिर नपाएपछि उनी ओमाहा नै फर्किए ।

त्यसपछि उनले ओमाहामा एउटा ग्यास स्टेशनमा काम गर्न थाले । तर त्यो फाइदामा गएन । बफेटले सन् १९५१ देखि १९५४ सम्म बफे फाक एण्ड कम्पनीमा इन्भेष्टमेन्ट सेल्सम्यानको रुपमा काम गरे । त्यसपछि सन् १९५४ देखि १९५६ सम्म उनले ग्राहकम न्युमान कर्पाेरसनमा सेक्युरिटिज एनालिस्टको रुपमा काम गरे ।


सन् १९५६ मा बफेटसँग १ लाख ७४ हजार अमेरिकी डलर बराबरको बचत थियो । त्यसपछि उनले बफेट पार्टनरसीप नामको कम्पनी खोले । सन् १९५९ मा उनले आफ्नो पार्टनरसीप कम्पनी ६ वटा पुर्‍याए । १९५६ देखि १९६९ सम्म बफेटले पार्टनरसीपमा विभिन्न कम्पनी पनि खोले ।

विश्वकै धनाढ्य
सन् १९६२ मा उनी मिलिनियर नै बने । यसपछि उनले आफ्ना सम्पुर्ण कम्पनीलाई मर्ज गरे । अनि वर्कसायर हाथवे किने । १९७० मा उनी वर्कसायर हाथवेको अध्यक्ष तथा सिइओ बने ।

हाथवेले सन् २००८ मा उनलाई विश्वकै धनाढ्य बनायो । त्यतिबेला उनीसँग ६२ अर्ब अमेरीकी डलर बराबरको सम्पत्ति रहेको फोब्र्सले जनाएको थियो ।

सन् २००९ मा उनले करोडौ रकम च्यारिटीमा खर्च गरे । अहिले पनि उनी अत्यधिक च्यारिटी गर्ने धनाढ्यको सुचिमा अग्रस्थानमा रहेका छन् । साथै उनले आफुजस्तै अन्य धनाढ्यबाट समेत च्यारिटीमा पैसा खर्च गर्ने अभियान पनि थालेका छन् ।

,

0 comments

Write Down Your Responses

-->