थेगुमा विदेशीहरुका लागि मेडिकल फेस्टिभल हुदै

विदेशी कामदार तथा आप्रवासी परिवारका लागि दक्षिण कोरियाको थेगुमा   निशुल्क स्वास्थ शिविर हुने भएको छ । ‘ह्यापी मान्छेहरुको फेस्टिभल’ नाराका साथ गर्न लागिएको  विदेशीहरुको लागि गर्न लागिएको एकदिने मेडिकल फेस्टिभलमा कोरियाका अनुभवी चिकित्सकहरुले विभिन्न स्वास्थ्य परिक्षण गराउनुका साथै स्वास्थ्यसम्वन्धि जानकारीसमेत दिने भएका छन् ।


थेगु शहरको घ्योङसाङ चुङआङ चर्चमा यहि मे २१ तारिख आइतबार दिनको १ बजेदेखि ५ बजेसम्म हुने उक्त स्वास्थ्य फेस्टिभलमा Internal Medicine (आन्तरिक चिकित्सा), General Surgery (शल्यचिकित्सा), ENT (नाक, कान र घाँटी), Orthopedic Surygery (हाड जोर्नी शल्यचिकित्सा), OBGY (आँखा), Dentistry (दाँत), Neupsychiatry (मानसिक रोग), Plastic Surgery, Oriental Medicine, Physicotherpy (शारीरिक  चिकित्सा व्यायाम), Clinical Pathology, Blood test & Blood Glucose Level Check, पेन क्लिनिक लगायतका परिक्षण गरिने डा. राजेशचन्द्र जोशीले बताएका छन् ।

बिदाको सदुपयोग गरी पायक पर्ने सबै विदेशी कामदार तथा अन्य विदेशीहरुले स्वास्थ्य परिक्षण गरी मौकाको फाइदा उठाउन समेत आयोजकले अनुरोध गरेको छ । थेगु सङदक चर्चको सहयोगमा घ्योङसाङ चुङआङ चर्चले आयोजना गर्न लागेको उक्त स्वास्थ्य शिविर फेस्टिभललाई कोरियन फाउन्डेसन फर इन्टरनेश्नल हेल्थकेयरले प्रायोजन गरेको छ ।

बिस्तृत जानकारी वा नेपालीहरुका लागि चिकित्सक डा. राजेश चन्द्र जोशीलाई सम्पर्क गर्न सकिने छ ।
 सम्पर्क नम्वरः  ०१० -८४६२ -८८४८

0 comments

Write Down Your Responses

-->