खुल्लापाटीको नवबर्ष सुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं- याक पब्लिकेशनद्वारा प्रकाशन भैरहेको खेलकुद तथा शैक्षिक अनलाइन पत्रिका खुल्लापाटी डटकमले नव बर्ष २०७४ को उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ |


शनिबार धुम्बाराहीको एक क्याफेमा खेलकुद तथा शिक्षावीदहरुलाई आमन्त्रण गरि पत्रिकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो |


याक पब्लिकेशन तथा हिमालीयन शेर्पा क्लबका अध्यक्ष कर्म छिरीङ शेर्पाको अध्यक्षतामा सुरु भएको शुभकामना  कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रिय अध्यक्ष तथा पब्लिकेशनका संस्थापक विजय सम्बाहाम्फेले खेलकुद तथा शैक्षिक क्षेत्रमा पत्रकारिताको   भूमिकाको बारेमा आफ्नो धारणा ब्यक्त गरे |


खुल्लापाटी डट कमका संस्थापक तथा प्याब्सन केन्द्रिय सचिब आरबि कटुवालले आगन्तुकहरुलाई स्वागत गर्दै खुल्लापाटी डट कमको स्थापनाबारे बताए l कार्यक्रममा सहभागी प्याब्सन केन्द्रिय पदाधिकारीहरु ,प्याब्सन काठमाडौं ,ललितपुर ,भक्तपुरका पदाधिकारीहरु, एन प्याब्सनका केन्द्रिय सदस्य ,विद्यालयका प्रिन्सिपल तथा पत्रकारहरुले नवबर्षको सुभकामना तथा मन्तब्य ब्यक्त गरेका थिए |


कार्यक्रमका अध्यक्ष कर्म छिरीङ शेर्पाले खुल्लापाटी डट कम सबै बिद्यालयको साझा अनलाइन पत्रिका रहेको ,यस पत्रिकाले स्कुलदेखि बिश्व बिद्यालयसम्मका शैक्षिक तथा खेलकुद गतिविधिहरु निरन्तर रुपमा प्रकाशित गर्ने बताउदै कार्यक्रमको समापन गरेका थिए |

सो अवसरमा अन्तराष्ट्रिय मानोबीद रबिन कटुवालले मनोविज्ञान ब्यबस्थापन सम्बन्धि प्रशिक्षण दिएका थिए |


कार्यक्रममा प्याब्सनका केन्द्रिय सचिब तथा भक्तपुर प्याब्सनका सल्लाहकार राजकुमार महर्जन , केन्द्रिय सचिब मधु लोहनी , काठमाडौं प्याब्सनका सचिब लोकेन्द्रबहादुर खड्का, ललितपुर प्याब्सनका उपाध्यक्ष रामबाबु अधिकारी ,फेकाका अध्यक्ष नवराज भट्ट तथा प्याब्सन उपत्यकाका बिभिन्न पदाधिकारी उपस्थिति रहेका थिए |

,

0 comments

Write Down Your Responses

-->