पूर्व मन्त्रि ढकाल र प्रोफेसर मून द्वारा गोरखामा बिद्यालयको ८ कोठे पक्कि भवनको उद्घाटन

नमस्ते नेपाल कोरिया डट कम -
  विश्व शान्ति महिला संघ कोरियाको सहयोगमा गोर्खाको बोर्लाङ्ग गाबिस वडा नम्बर ७ महादेवटार स्थित श्री जागेश्वोर उच्च मा. बि. को ८ कोठे भबनको निर्माण कार्य सम्पन्न भयको छ ।

 नब निर्मित भवनको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल र विश्व शान्ति महिला संघकि अन्तराष्ट्रिय अध्यक्ष प्रोफेसर योन आ मून ले सयुक्त उद्घाटन गरि भवनको साँचो बिद्धालयका प्राचार्य यदु नाथ सापकोटा लाइ हस्तान्तरण गर्नु भयो । शिलान्यास गरेको एक बर्ष भित्र भुकम्प निरोधक प्रबिधि द्वारा निर्माण गरियको ८ कोठे भबनको लागत ९० लाख रुपैया रहेको प्रोजेक्ट मेनेजर इश्वर सिम्खडाले जानकारी दिनु भयो ।

 भबन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्रि ढकालले महाबिनासकारी भुकम्प पश्चात निर्मित  भवनले गोर्खा जिल्लामै एक नयाँ आशा दिन सफल भयको बताउदै बिद्धार्थीहरु अस्थाई टहरो वाट आधुनिक भवनमा अध्ययन गरेको देख्न पाउदा खुशीको सिमा नाघेको उल्लेख गर्नु भयो । कार्यक्रममा बोल्दै प्रोफेशर मूनले भुकम्पको उद्गम जिल्ला गोरखामा बिद्धालय भबन निर्माण गर्न पाउदा आफ्नो संस्थाले गौरबको महशुस गरेको भन्दै उक्त भबन मदर मूनको नेपाललाई उपहार रहेको बताउनु भयो । विश्व शान्ति महिला संघ नेपालकी अध्यक्ष ब्लेसी गाडन ढकालले सबैको सहयोग र सदभाबको परिणाम स्वरुप  भबन निर्माण निर्धारित समयमा सम्पन्न भयकोमा सबै प्रति आभार ब्यक्त गर्दै नवनिर्मित भवनको उचित संरक्षण गर्न बिद्धालय परिवारलाई अनुरोध गर्नु भयो ।

बिद्धालयका प्राचार्य यदु नाथ सापकोटाले राष्ट्रिय तथा अन्तराष्ट्रिय अतिथिहरुको स्वागत गर्दै भौतिक पुर्बाधारको संगै बिद्धलायाको शैक्षिक गुणस्तर पनि विकास गर्दै लैजाने प्रतिबद्ता ब्यक्त गर्नु भयो। नयाँ भबन प्राप्त गरेपछि शिक्षक/ शिक्षिका तथा बिद्धार्थीहरु निकै खुशी देखिन्थे। बिद्धालय ब्यबस्थापन समितिका अध्यक्ष बाँसु थापाले नया भबन निर्माण गर्न पहलकदमी लिने पूर्व मन्त्री ढकाल र दात्रु निकाय प्रति आभार ब्यक्त गर्नु भयो । विश्व शान्ति महिला संघ विश्व प्रसिद्ध कोरियन नागरिक डा. सन् म्योङ्ग मून र श्रीमती डा. हाक जा हान मून द्वारा सन् १९९३ मा स्थापित सयुक्त राष्ट्र संघमा आबद्ध एक गैर नाफामुलक सामाजिक सस्था हो ।

,

0 comments

Write Down Your Responses

-->