डेउ नेपाली एकता समाज कोरियाद्रारा धुर्मुस सुन्तली फाउन्डेशनलाई तीन लाख उनान्चालिस हजार सहयोग

-अशोक पोख्रेल-
एकीकृत मुसहर बस्ती निर्माण अभियानमा खटीरहेको धुर्मुस- सुन्तली फाउडेसनलाई देश-विदेशबाट सहयोग गर्ने सहयोगी हातहरु उठीरहेकाछन् । यस अभियानलाई नजिकबाट हेरीरहेका कोरियाबासी नेपालीहरु पनी मुसहर बस्ती सहयोगको लागी खुलेर नै जुटीरहेकाछन । यसरी सहयोगको लागी जुटीरहने मध्येको एक हो ” डेउ नेपाली एकता समाज कोरिया ” जसले भर्खरै धुर्मुस-सुन्तली फाउन्डेशको कार्यलयमा नै गएर तीन लाख उनान्चालीस हजार रुपयाँ हस्तानान्तरण गरेकोछ।

“डेउ नेपाली एकता समाज कोरिया ” को बारेमा कुरा गर्नुपर्दा, दक्षिण कोरियाको दक्षिणी भेगमा अवस्थित एक विशाल पानीजहाज कम्पनी ( DSME) मा कार्यरत करिब हजार भन्दा बढी नेपालीहरु बिचरहेको एउटा साझा संस्थामा परिचित छ । वास्तवमा नै भन्नुपर्दा यस संस्थाले आफ्नो स्थापना कालदेखी नै कोरिया अनि नेपालमा भइरहेका र परिरहेका हरेक समाजिक कार्यहरुमा सक्रिय भुमिका निभाईरहेको छ । प्रायजसो खेलकूद ,सुचना मुलक कार्यक्रम अनि सामाजिक सेवा र सहयोग आदीबाट परिचित यस संस्थाले आफ्ना विभिन्न कार्यक्रम मध्येको एक मुसहर बस्ति सहयोग अभियान भएको वताएको छ ।
केही समय अगाडी यो संस्थाले सहयोग कै लागी भनेर प्रदर्शन गरेको नेपाली चलचित्र जात्राबाट आएको मुनाफा,साथै सहोग अभियानमा संकलित रकम नै जम्मा गरेर सहयोग हस्तानान्तरण गरिएको अध्यक्ष अंशुवर्मा लिम्बुले वताउनुभयो । उक्त संकलित सहयोग रकम ( तीन लाख उनान्चालीस हजार रुपयाँ), संस्थाका संरक्षक कुबिर लिङदेन, निवर्तमान अध्यक्ष मोहन पन्डित साथै पुर्व पदाधिकारी सदस्यहरुको सहभागीतामा एक कार्यक्रम बिच धुर्मुस-सुन्तली फाउन्डेशको कार्यालयमा नै गएर हस्तानान्तरण गरेको हो ।
आर्थिक रुपले पिछडिएका गरिव वस्तीका विपन्न परिवारहरुको मुहारमा खुशी छर्ने अभियानमा थोरै भए पनी सहयोग गर्न पाउँदा हामीहरु ज्यादै खुशीरहेको भन्दै संस्थाका अध्यक्ष लिम्बुले सहयोगी, शुभ~ चिन्तक सबैलाई धन्यवाद समेत दिनुभएको छ । स्मरण यो छ की, यो संस्थाले राष्ट्रीय आविष्कार केन्द्रलाई समेत सहयोग हस्तानान्तरण गरिसकेको छ । यस्ता सहयोग कार्यक्रमहरु एउटा, दुईटामा मात्र सिमित नहुने भन्दै देश-विदेशमा भइरहने सबै राम्रा कामहरुलाई निरन्तर सहयोग गरिने पनी बताईएको छ । कोरियामा रहेका नेपालीहरु बिच एउटा उदाहरणिय छाप दिन सफल यो संस्थालाई सबैको सहयोग रहोस,अझ आफ्नो यात्राको गतिलाई बढाउन सक्रिय बनोस, भन्नै पर्छ देशभक्त नेपालीहरुको तर्फबाट शुभ~कामना ।

0 comments

Write Down Your Responses

-->