कोरियामा साझा सदभाव समूह ख्यङ्गी दो क्षेत्र गठन

कोरिया - पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सदभाव समूह दक्षिण कोरिया ख्यङ्गी दो क्षेत्र धर्मराज जोशीको संयोजकत्वमा गठन भएको छ । ५१ सदस्यीय उक्त समूहको उप–संयोजक रामप्रसाद शर्मा र सञ्चार कोअर्डिनेटरको जिम्मेवारी नेत्र पौडेललाई दिइएको छ।

 नेपालको दुषित राजनिति सफा गरेर समृद्धितिर अगाडी बढ्नको लागि पद्धति, पारदर्शिता, इमान्दारीता र उत्कृष्टताको चार खम्बा अत्यन्तै अहिलेको आवश्यक्ता रहेकोले यसले अबको राजनितिक निकास र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउने दृढविश्वासका साथ आफुहरुले समर्थन गरेको सहभागीहरुले बत्ताएका थिए।

सो समूह गठन कार्यक्रममा कोरियामा रहेका पत्रकार महासङ्घलगायत विभिन्न सङ्घ, संस्थाका प्रतिनिधि उपस्थित भएर शुभेक्षा प्रकट गर्दै आफ्नो धारणा राखेका थिए।

साझा पार्टी नेपाल केन्द्रको निर्देशिका अनुसार कोरियामा यस किसिमको थुप्रै साझा सदभाव समूहको क्षेत्रहरु निर्माण भईसकेपछि प्रत्येक क्षेत्रको संयोजक, उप-संयोजकको पहलमा संयुक्त भेला आयोजना गरेर उच्च लोकतन्त्रको विधि प्रयोग गर्दै साझा सदभाव समूह केन्द्र दक्षिण कोरिया निर्माण गरी पार्टी कन्द्रमा पठाइने कुरा दक्षिण कोरिया सौल समूह तथा केन्द्र समन्वय संयोजक मिलनकान्छा किरातीले बत्ताए।

पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिदै कोरियामा निर्माण हुदै गरेको साझा सदभाव समूहको कुनै समूहमा विवाद नरहेको र तीव्र गतिमा स्वःस्फुर्त रुपमा जो कसैले न्युनतम सात जनाभन्दा बढीको सङ्ख्यामा क्षेत्रगत समूह निर्माण गरेर केन्द्रमा जानकारी गराउन सक्ने व्यावस्था रहेको उनले बताए।

0 comments

Write Down Your Responses

-->