ईपीएसमा यस कारण बढ्यो युवाको आकर्षण


देबेन्द्र सम्बाहाम्फे ,काठमाडौं |
रोजगारीका लागि दक्षिण कोरिया जान चाहने युवाहरुको जमात झनै बढ्ने ढालेको छ । यसो भनौं, रोजगार अनुमति प्रणाली (ईपीएस) प्रति नेपाली युवाहरुको आकर्षण झनै बढेको कान्तिपुरमा प्रकाशित खबरमा
छ ।

ईपीएस अन्तर्गत आठौं संस्करणको परीक्षाका लागि गत ९ गते बिहान १० बजेदेखि शुक्रबार ४ बजेसम्ममा अधिराज्यभरबाट अनलाइनमार्फत ७४ हजार ८  सय २५ जनाले आवेदन दिएका छन् । ईपिएस शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार  ग्लोवल बैंकमा भने ७५ हजार ९ सय २५ जनाले परीक्षा दस्तुर बुझाएका छन् । उनीहरुले आज राती १२ बजेसम्म ईपिएसको आवेदन दर्ता गर्न पाउने भएकाले आवेदकको संख्या अझ बढनेछ ।



आवेदक मध्ये ६५ हजार ८१ पुरुष र ९ हजार ७ सय ३६ महिला छन् । यो संख्याहाल सम्मकै धेरै हो । २०१६ मा ८ हजार कोटाका लागि ६३ हजार र २०१५ मा  ५१ हजारले आवेदन दिएका थिए ।

यसपाली कोटा धेरै र आवेदन दिन अनलाइन प्रणालीले सहज बनाएकाले पनि आवेदकको संख्या बढेको बुझ्न सकिन्छ । कोरिया सरकारले २०१८ का लागि १० हजार भन्दा बढी कोटा नेपाललाई छुट्याएको छ ।

कृषिमा बढी 

यसपाली आवेदक मध्ये कृषि क्षेत्रमा आवेदन दिनेको संख्या अत्याधिक रहेको छ । कुल आवेदकमध्ये ५४ हजार ७ सय ८७ ले कृषि क्षेत्रमा आवेदन दिएका छन् । कृषिमा आवेदन दिने महिलाको संख्या ८ हजार १ सय ७० रहेको छ ।

त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा २४ हजार ४० ले आवेदन दिएका छन् । यो क्षेत्रमा आवेदन दिने २२ हजार ४ सय ७० पुरुष र बाँकी महिला छन् ।

कृषि क्षेत्रमा सजिलो प्रश्न सोधिने भएकाले सहजै उतीर्ण हुन सकिने अनुमानले पनि धेरैले आवेदन दिएका हुनसक्छ । कमाइ र कामका हिसाबले भने औद्योगीक क्षेत्र उत्तम मानिन्छ ।

कृषि क्षेत्रका रोजगारदातालाई ईपिएस नियमावलीले केहि छुट दिएकाले प्रवासी कामदार मार्कामा  पर्ने गरेका छन् । यो क्षेत्रमा गएको कामदारले औद्योगिक क्षेत्रमा काम परिवर्तन गर्न पाउदैनन् ।
एम्नेस्टी कोरियाको एक प्रतिवेदनमा कृषि क्षेत्रका प्रवासी मजदूर बढी दयनीय अवस्थमा रहने गरेको उल्लेख छ । कोरियामा नेपाली कामदार कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा मात्र जान पाउछन् ।

सच्याउन चैत २० देखि २५ गते सम्म

ईपिएस शाखाले आवेदन दिंदा गल्ति गरेका आवेदकहरुलाई २० गतेदेखि २५ गतेसम्म विवरण सच्याउने म्याद दिएको छ । जन्म मिति, एमआरपी, फोटो फरक परेका आवेदकले ग्वार्को कार्यालयमा आएर र अन्य विवरणका लागि ०१५१८६३४९ मा फोन गरेर आफ्नो विवरण सच्याउन सकिने जनाएको छ । विवरण नमिलेका आवेदकले परीक्षा उतीर्ण गरेपनि कोरिया जान पाउदैनन् ।

खर्चमा कटौती

अनलाईन प्रणालीले आवेदक र कार्यलयको खर्चमा कटौती भएको छ । आवेदन संकलनका लागि मात्र यसअघि ३ करोड ५० लाख रुपैंया खर्च हुने गरेको अधिकृत भण्डारीले बताए । कर्मचारी, सुरक्षा निकाय परिचालन, आवेदन ब्यस्थापन र स्टेशनरी जस्ता शीर्षकमा करोडौं खर्च हुँदै आएको खर्चमा अनलाईन प्रणालीले सो रकम कटौती भएको हो । अनलाईनले आवेदकको पनि करोडौं रुपैंया बचत भएको छ । यस अघिका संस्करणहरुमा आवेदकले खान, बस्न, यातायात गरेर औसतमा ५ देखि १० हजार रुपैंया खर्च गर्थे । यसपाली भने ईन्टरनेटको सुविधा भएको ठाउँबाट बढिमा ५ सय रुपैया मै आवेदन दिन पाएका छन् ।

अनलाईनको सफल प्रयोग

ईपिएस शाखाले अनलाईन आवेदनको योजना २ बर्ष अघि बनाएको हो । यसको सफल प्रयोग भने यसपाली गरेको छ । शाखाले यस सम्बन्धी सफ्टवेर बनाउन करिब १८ लाख रुपैंया खर्च गरेको थियो । एकै पटक १ लाखले लग इन गर्दा पनि  सिस्टम डाउन नहुने वल्र्ड लिंकको ६ एमबीपीएस सर्भरको व्यबस्था गरेको थियो । यसको ब्याकअपमा सुबीसुको आवश्यकता अनुसार ६ एमबीपीएसको जोह गरेकाले शुरुदेखि अन्तिम समयसम्म कुनै कठिनाई नभएको बताइएको छ । 

,

0 comments

Write Down Your Responses

-->