कोरियामा सोलुखुम्बुबासीको साझा संस्थाको नाम परिवर्तन गरी सोलुखुम्बु सेवा समाज

नमस्ते नेपाल कोरिया सम्वाददाता 
कोरियामा सोलुखुम्बुबासीहरुको साझा संस्था सोलु सम्पर्क समितीको आठौं अधिवेशनबाट सर्वसहमत चयन भएका नयाँ कार्य समितीबाट समितीको नाम परिवर्तन गरी सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया भएको  छ । गत फेब्रवरी 12 तारीक सुवन स्थित हिमालयन सोलु सेल्टरमा आयोजित आठौं अधिवेशनबाट सर्वसहमत चयन भएका नयाँ कार्य समितीका अध्यक्ष टिआर खालिङको अध्यक्षतामाबाट बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।

साथै संस्था सवल सञ्चालनको लागी सल्लाहकार संरक्षक दावा तामाङ,निवर्तमान अध्यक्ष प्रकाश राई, हरिचन्द्र राई, खड्का राई र् अनुपजंग बस्नेत रहनु भएको छ । यसै गरी सोलुखुम्बु जिल्लाका सबै क्षेत्र समेटन र सोलुखुम्बु सेवा समाजमा आवद्ध गराउनको लागी क्षेत्रगत प्रतिनित्व चयन गरिएकोछ जस्मा केन्द्रराज कुलुङ – बुङ, सूर्य कुलुङ -गुदेल,केदार कुलुङ -छेस्काम, प्रकाश राई- सोताङ,सिताराम गुरुङ- पावै, प्रेम कुमार राई-वाकु, टिकाराम खालिङ -बासा, काँकु, धन खालिङ – जुभिङ टाक्सिन्दो ,टिका परियार -सल्लेरी ,छिरिङ शेर्पा – गार्मा, धर्म पूजन सुनुवार- नेले, देश राई -देउसा,भक्त किराती -मुक्ली,अमर थुलुङ- कागेल, प्रकाश राई -जुबु ,खड्का राई – सल्याण,सनतोष राई – पनचन,निश बाहिङ – नेचा,बतासे, आङ पाशाङ शेर्पा – गोराखानी, पसाङ शेर्पा -गोली, रिन्जी शेर्पा -टाप्टीङ रहनु भएको छ  ।
उक्त प्रतिनिधीद्रारा आफ्नो क्षेत्रबाट कोरियामा कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु को नाम, ठेगाना लिई संस्थाको साधारण सदस्यता वितरण गरीने भएको छ।  सोलुखुम्बु सेवा समाजको बार्षिक कार्य योजनाका साथ संस्थाको स्थापनाकाल देखी विभिन्न सहयोग जिम्मेवारी बहन गर्दै आउनु भएका व्यक्तित्वहरु लाई औपचारीक कार्यक्रम गरी सम्मान प्रमाण पत्र शिघ्र हस्तान्तरण गरीने कुरा अध्यक्ष टिआर खालिङले जानकारी गराउनु भएको छ। 

0 comments

Write Down Your Responses

-->