कोरियामा मजदुरको ज्याला घण्टामा १० हजार वोनको माग गर्दै केसीटियुद्वारा आन्दोलन शुरु

नमस्ते नेपाल कोरिया डट कम -

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने कानुनी व्यवस्था छ । न्युनतम ज्याला निर्धारण समितिमा सरकारको प्रतिनिधि ,कम्पनी ब्यबस्थापकको प्रतिनिधि र मजदुर संगठनको प्रतिनिधि समेत गरेर २७ प्रतिनिधि सदस्यहरु हुनेछन ।

समितिले जुन महिनाको अन्त्यसम्ममा अर्को बर्षको न्युनतम ज्याला निर्धारण गर्नेछ र श्रम मन्त्रीले यसलाई पुर्णरुपमा छाप लगाए पछी लागु हुनेछ । तर सरकार र कम्पनी ब्यबस्थापक पक्षले जहिले पनि मजदुरको न्युनतम ज्याला घटाउने अथवा नबढाईकन गत वर्ष तोकिएकै ज्याला कायम राख्न जोड दिने गर्दछ भने मजदुर संगठनले महंगीको आधारमा ज्याला बृद्दी गर्नु पर्ने माग गर्दै आइरहेको छ ।

त्यसकोलागि प्रत्यक बर्ष ज्याल बृद्दी गराउन सरकार र कम्पनी व्यबस्थापक पक्षलाई दबाब दिन कोरियन प्रजातान्त्रिक मजदुर महासंघ ९केसीटियु०ले बिभिन्न दबाबमूलक कार्यक्रम गर्दै आइरहेको छ । यसै क्रममा आज कोरियन प्रजातान्त्रिक मजदुर महासंघ९केसीटियु०ले २०१८ को कोरियामा रहेको सबै मजदुरहरुको न्युनतम ज्याला प्रति घण्टा १० हजार वोन९लगभग ८ अमेरिकी डलर ० हुनु पर्ने र त्यसकोलागि संसदबाट न्युनतम ज्याला कानुन संशोधन गर्नु पर्ने माग गर्दै संसद भवन अगाडी पत्रकार सम्मेलन गरि यस बर्षको आन्दोलन शुरु गरेको छ ।

कोरियामा न्युनतम ज्याला लिएर काम गर्ने मजदुरहरु लगभग ७० लाख छन । २०१७ को न्युनतम ज्याला प्रति घण्टा ६४७० (लगभग ५.४ डलर) वोन छ । महिनाको न्युनतम ज्याला १३,५२,२३० (लगभग १,१५५ डलर ) वोन छ ।

जुन तलबले उनीहरुको दैनिक जिबनयापन गर्न कठिन भएको कुरा कोरियन आर्थिक अनुसन्धान विभागको प्रतिबेदनले प्रमाणित गरिसकेको छ । कोरियामा तलबको तुलनामा महंगी बढी भएकोले यस्तो भएको हो ।

केसीटियुले न्युनतम ज्याला कानुनमा “न्युनतम ज्याला निर्धारण गर्ने आधारमा सुधार गर्नु पर्ने ,न्युनतम ज्याला निर्धारण समितिले निस्पक्ष र पारदर्शी तरिकाले काम गर्ने गरि कानुन संशोधन गर्नु पर्ने ,न्युनतम ज्याला नदिने कम्पनीलाइ कडा निगरानी र कडा सजाय दिनकोलागि कानुन ब्यबहारिक बनाउन” संशोधन गर्न संसदमा जोडदार माग गरेको छ ।

केसिटियु लगायतको मजदुर संगठनले न्युनतम ज्याला धेरै बृद्दी गर्न मजदुरी आय बृद्दी गर्नु हाम्रो समाजको चुनौति हो भनि जोड दिएको थियो ।न्युनतम ज्याला स्थाई र अस्थाई ,नया र पुनर्बहाली,युवा र महिला मजदुर भनि नछुट्याएर बास्तबिकतालाइ आधार मानेर तलब निर्धारण गर्ने एक मात्र मध्यम हो भन्दै न्युनतम ज्याला धेरै भन्दा धेरै मानिसहरुको दैनिक जिबनयापन गर्न कतिको सहयोगी हुन्छ त्यो महत्वपूर्ण हो भन्ने कुरा औल्याएको थियो ।

मजदुर संगठन , न्युनतम ज्याला बृद्दी एक्यबद्धता समूह ,नागरिक समाजको अनुसार अन्तर्राष्ट्रिय आर्थिक सहयोग समितिको (ओइसिडी) मापदण्डको आधारमा कोरियाको ४ जना मजदुर मध्ये १ जना न्युनतम ज्याला मजदुर ,५ जना मध्ये १ जना न्युनतम ज्यलाको आधारमा ज्याला पाउने मजदुर र न्युनतम ज्याला भन्दा कम ज्याला पाउने ८ जना मध्ये १ जना मजदुर छन ।

यस बाहेक यस्तो न्युनतम ज्याला संरचनले लामो समयसम्म काम गर्ने परिपाटीलाइ प्रोत्साहन दिने भएकोले कोरियन मजदुरहरु संसारको सबभन्द लामो समय काम गर्ने मजदुरमा परिणत भएको उनीहरुको विश्लेषण थियो ।

पत्रकार सम्मेलनमा सहभागीहरुले संबिधान र कानुनले मजदुरको दैनिक जीवनयापन सुनिस्चित गर्न र उनीहरुको गुणस्तरीय दैनिकि बृद्दी गर्न ज्यालाको न्युनतम मापदण्ड तोक्ने ब्यबस्था गरेकोमा त्यो नै धेरै भन्दा धेरै मजदुरको तलब हुने गरेको हुनाले न्युनतम ज्याला प्रतिघण्टा १० हजार वोन बनाउन संसदबाट न्युनतम ज्याला कानुन चाडो भन्दा चाडो संशोधन गर्न जोडदार माग गरेको छ 

,

0 comments

Write Down Your Responses

-->