कोरियाको सार्वजनिक स्थलमा नेपाल चिनाउने अभियानको शुरुवात

मञ्जु गुरुङ  ,सउल ,कोरिया 
दक्षिण कोरियाको राजधानी सउलको केन्द्र विन्दु सउल स्टेशनमा गत आइतबार फरक उद्येश्यका साथ नेपाली युवाहरु भेला भएका थिए । हातमा थिए नेपाल पर्यटन बोर्डले तयार पारेका नेपाल चिनाउने ब्रोसरहरु । नजिकैबाट बाटो काट्ने कोरियनहरुको हात हातमा ति ब्रोसर थमाउदै मुहारमा मुस्कान सहित नेपाल आउन आग्रह गर्दै थिए युवाहरु।
नेपाल चिनाउने अभियान लेखिएको व्यानर सहित लामबद्ध केही युवाहरु आइतबारको  विदा यसरी नै मनाउदै थिए । व्यानरमा लेखिएको कोरियन भाषा पढेपछि कोही भने जिज्ञाशु बन्दै ब्यानरतिरै तानिदै थिए । कोहि भने हातको ब्राउजर हेर्दै  हतारमा लाम्कदै थिए । जिज्ञाशु नजरहरु तेर्सिदै थिए । जसले नेपाली युवाहरुलाई झन उत्साहित बनाएको थियो आफ्नो मातृभूमिको परिचय गराउन ।
सो युवा टोली सउलकै अर्को एक मुख्य पर्यटकिए स्थल सउल (नाम्सन) टावरसम्म पुगे । जहाँ घुम्न आएका कोरियन मात्र हैन विदेशीहरुलाई पनि नेपालको बारे प्रचार प्रसार गरिने ब्राउजर वितरण गर्न भ्याए । नेपाल कहाँ पर्छ ? नेपालमा के के छ ? के के पाइन्छ ? जस्ता संगै काम गर्ने कोरियानहरुको प्रश्नले आजित बनेका युवा मनहरु यसरी अभियानमा जुटेको  सहभागीहरुको भनाइ छ ।

कोरियामा इपिएस काम गर्न आएका केही युवाहरु यसरी बाटोमा नेपालको ब्राउजर बाढदै नेपाल चिनाउने अभियनामा जुटेका छन् । सामजिक संजाल फेषबुक नेपालि पुरुष प्रयोगकर्ताहरुको ग्रुप मेन्स रुम रिलोडेड ( एम.आर.आर.) ग्रुप कोरियाले अभियान शुरुवात गरेका हुन् । विभिन्न सामाजिक अभियानमा संलग्न हुदै आएका विश्वभरी रहेका फेसबुक संजालमा आबद्ध युवाहरुको  समूह एमआरआर कोरियाले प्रमोट नेपाल टिम बनाएर नेपाल चिनाउने अभियान थालेका हुन् ।

बुद्ध भारतमा जन्मेका हुन , सगरमाथा तिब्तमा पर्छ भन्ने कैयौ कोरियनहरुको  भ्रम चिर्दै नेपालको सहि पहिचान गराउन यसरी सडकमा  ब्राउजर बाढ्न आएको अभियानका सदस्य अर्जुन श्रेष्ठले सुनाए । नेपाल प्राकृतिक सौन्दर्य साथै  विविध कला र सांस्कृतीले सम्पन्न देश भनेर चिनाउ कोरियाको विभिन्न सार्वजनिक स्थल वा  सडकमा यसरी निस्कने विचार गरेको अभियनका अगुवा एलवि श्रेष्ठले अर्थाए ।

अभियनका थालनीमा साथ दिन आएका दक्षिण कोरियाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधी तथा एनआरए आइसिसि प्रतिनिधी केपी सिटौलाले अझै कोरियाका धेरैले नेपाल बारे राम्रो नबुझेकोले यस्ता अभियानले थप सहयोग पुग्ने आशा राखे ।

विभिन्न महोत्सवमा सहभागी हुदै , कुटनैतिक तहमा राजदूताबासबाट नेपालको प्रचास प्रसार भएता पनि स्थानिय तहमा यसरी बाटोमा प्रचार प्रसार गर्न युवाहरुको जमर्कोले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने आशा अभियानकर्ताहरुको रहेको छ ।

,

0 comments

Write Down Your Responses

-->