प्रेस सेन्टर कोरियाको अध्यक्षमा भोज राना चयन

नमस्ते नेपाल कोरिया डट कम -
कोरियामा नेकपा माओबादी केन्द्र समर्थित पत्रकारहरुको छाता संगठन ''प्रेस सेन्टर दक्षिण कोरिया''को पहिलो सम्मेलनबाट भोज रानाको नेतृत्वमा १२ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन भएको छ। राजधानी सउलको डिआर ईन्टनेशनल हलमा भएको सम्मेलनबाट कोरियामा पहिलो पटक प्रेस सेन्टरको सुरुवात भएको हो।

समाजमा रहेका महिला, जनजाती, दलित,अल्पसंख्यक, मुस्लिम, आदिबासी उत्पीडित तथा श्रमजीवी हरुको आवाजलाई बुलन्द गर्दै स्वतन्त्र र जनपक्षीय पत्रकारितामा आफुलाई जोड्ने क्रममा प्रेस सेन्टर दक्षिण कोरिया आईपुगेको छ। भोज रानाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्माण गर्दै प्रथम सम्मेलन समापन भएको हो।

उपाध्यक्षमा पुरुषोत्तम गौतम तथा सचिबमा कृष्ण भट्टराई सहितको १२ सदस्यीय समिती चयन भएको हो। नेपाली जनप्रतिशिल मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढामगर, बरिस्ठ उपाध्यक्ष ईश्वर कुमार कठायत, माहाँसचिब गोबिन्द गौतम लगायत मञ्चका संरक्षक सल्लाहकार ज्युहरु, शुभचिन्तक तथा अन्य संघ सस्थाका ब्यक्तित्वहरुको बिचमा प्रेस सेन्टर दक्षिण कोरियाको पहिलो सम्मेलन समापन भएको हो। नेकपा माओबादी केन्द्र समर्थित पत्रकार हरुको छाता संगठन प्रेस सेन्टरले दक्षिण कोरियामा आईपर्ने सामाजिक समस्या सँग समेत हातेमालो गर्दै यहाँका बहुसंख्यक मजदुर हरुको पक्षमा कलम चलाउने प्रतिबद्धता नव निर्वाचित अध्यक्ष भोज रानाले बताउनु भएको छ। कार्यक्रममा चाँडै नै कोरियामा प्रेस सेन्टरले आफ्नो छुट्टै मिडिया समेत सँचालन गर्ने बताईको छ।

0 comments

Write Down Your Responses

-->