कोरियामा आत्महत्या कम गर्न सहयोगी शर्ट मुभी “परदेशी लाइफ “

कोरियामा नेपालीहरुको सङ्ख्या बढेसगै आत्महत्या गर्ने सङ्ख्याको दर पनि बढ्दै गइरहेको परिप्रेक्ष्यमा यस्ता घटना परिघटनालाई निरुत्साहित तथा केही हदसम्म भएपनी न्यूनीकरण गर्न सकिन्छ कि भन्ने उदेश्यका साथ एस. टि. यु नेपाल थेगुका युवाहरुले सर्ट मुभी “परदेशी लाइफ ” यु ट्युब मार्फत सार्वजनिक गरेका छन् ।

एस। टि। यु। नेपाल को अध्यक्ष रोशन पौडेलको कथा तथा निर्देशन रहेको यस सर्ट मुभीमा राज कुमारले सहनिर्देशन र छायांकन गरेका हुन । अमृत विश्वकर्माले सम्पादन गरेका सो छोटो चलिचित्रमा खेम्यङदे युनिभर्सिटीका प्रोफेसर मधु सुदन आत्रेय लगाएत मोहन वोस्ती , रुपेश लामा , भरत पाण्डे , निर्मल अधिकारी ,बिनोद कार्की , मनु पाण्डे , बिनोद राई , सन्जिता गुरुङ , ज्याक भाइ , नवीन राई , नारायण प्रसाद पौड्याल , रोशन पौडेल आदिले अभिनय गरेका छन् ।

परदेशको हासो , खुशी , रमाइलो , दुख तथा मानसिक तनाब न्युनिकरणको उपायहरुको सेरोफेरोमा यो शर्ट मुभी परदेशी लाइफ तयार भएको हो । यु ट्युबमा सार्वजनिक गर्नु अगाडि एस टि यु भवनमा प्रीमियर शो गरिएको यश सर्ट मुभिको कथा तथा पस्तुतीले धेरैको मन छुन सकेको छ ।

,

0 comments

Write Down Your Responses

-->