कतिपटक हल्लियो पृथिवी उत्तर कोरियाले गरेको परमाणु परीक्षणले ?

उत्तर कोरियाले अहिलेसम्म पाँच परमाणु परीक्षण  गरेको छ । पाँचवा परीक्षण शुक्रबार नै सेप्टेम्बरमा गरेको छ । यसको जानकारी जमिनमा भएको हलचलबाट पत्ता लागेको जनाइएको छ ।

यसलभन्दा पहिला उत्तर कोरियाले समय समयमा परमाणु परीक्षण गरेको छ । कहिले कहिले गर्‍यो त परीक्षण

पहिलो परीक्षण , ९ अक्टुबर २००६

वर्षौसम्म चलेको छलफलका बीच आफ्नो कडा पहिचान तथा अन्तराष्ट्रीइ स्तरमा उतार चढाव पछि उत्तर कोरियाले नौ अक्टुबर २००६ मा पहिलो परमाणु परीक्षणको घोषणा गरेको थियो । उत्तर कोरियाका अनुसार उसले यो परीक्षण जमिनको भित्र देशको पूर्वी क्षेत्रमा गरेको थियो ।

दोस्रो परीक्षण, २५ मे २००९

दोस्रो परमाणु परीक्षण पहिलाको भन्दा ठूलो थियो । अनुमानहरुका अनुसार २.८ किलोटन को उर्जा निक्लेको थियो । उत्तर कोरियाले यस परीक्षण उसको विस्फोटक शक्ति तथा प्रणालीमा उत्कृष्ठता हासिल भएको दाबी गरेको थियो ।

तेस्रो परीक्षण, १२ फेब्रुअरी २०१३

१२ फेब्रुअरी २०१३ मा तड्के पुंगेरीको आसपासको जमिनमा असामान्य हलचल महसुस भएको थियो । पछि उत्तर कोरियाले उसले हल्का परमाणु उपकरण परीक्षण गरिएको जसमा धेरै विस्फोटक क्षमता भएको दावी गरेको थियो ।  यस परीक्षणमा यूरेनियमको प्रयोग गरिएको अनुमान गरिको थियो ।

चौंथो परीक्षण , ६ जनवरी २०१६

चौथो परीक्षणको शुरुवाती जानकारी पुंगेरीको आसपास भूकम्प जस्तो स्थितिका कारण थाहा भएको थियो । पछि उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरिएको जनाएको थियो । हाइड्रोजन बम एटम बम भन्दा शक्तिशाली हुन्छ ।

पाँचौं परीक्षण, ९ सेप्टेम्बर २०१६
पाँचौ परीक्षणको जानकारी पनि भूकम्पका कारण भएको छ । पछि उत्तर कोरियाले सफता पूवर््क पाँचौ पटक परमाणु परीक्षण गरेको जनाएको थियो । उत्तर कोरियाको परीक्षणपछि केन्द्रको आसपास ५.३ रेक्टरको भूकम्प मापन गरिएको थियो । दक्षिण कोरियाले पाँचौ परीक्षण सर्वभन्दा शक्तिशाली भएको जनाएको छ ।एजेन्सी


,

0 comments

Write Down Your Responses

-->