कोरियामा लख्तरान लखपति

राम सुन्दर बस्नेत 
-कविता -


उ कोरिया  आउछ, मारी ईस्टिल टल्काउँछ।।।
अति राम्रो हाईफाई, मारि फोटोमा देखाउँछ।।

धुलोधुबाँ कामको दौरान, मारि जिउ गनाउँछ।।
आफ्नो लागि आफै, मारि खाना बनाउँछ।।

नेपालमै रोजिरोटि,मारि मनभित्रै थुक्थुकाउँछ।।।
प्रदेशको दुख समझेर, मारि  आशु  बगाउँछ।।

उ कोरिया आउँछ, मारि आल्मुनियम टल्काउँछ।।।
डुलेरै खाएको नेपालमा, मारि सम्झि!मन चस्काउँछ।।।

महिनाको एक लाख, मारि पसिना चुबाउँछ।।
सबै आफन्त भन्छन, मारि केटो कमाउँछ।।।।

कुरा श्रिमतिको सुनेर ,मारि शिर झुकाउँछ।।।
श्रिमति न बूझ्छे!न कि , मारि श्रिमान बुझाउँछ।।

छुट्टिमा खान्छ रक्सि, मारि बोलि लरबराउँछ।।
मान्छे साच्चै मेसिन हो!!!मारि पिडाले कराउँछ।।।

नेपालको पुरानो यादले,मारि निद्रा हराउँछ।।।
एउटा कोठा  संसार, मारि  एक्लै कराउँछ।।।

उ  कोरिया  आउछ ,मारि  फलाम  टल्काउँछ।।
अति राम्रो हाईफाई, मारि फोटोमा देखाउँछ।।।।।

राम सुन्दर बस्नेत ,किम्फो ,कोरिया 

,

0 comments

Write Down Your Responses

-->