सुवन (कोरिया)

-राम सुन्दर बस्नेत -
-गजल-


साथिभाईको क्याँ मेल छ  सुवनमा।।
जबानिको ठुलै होलसेल छ सुवनमा!!

छुट्टिमा सबै  बिदेशिको  जमघट  यहि,
साच्चै   अोलम्पिक खेल छ सुवनमा।।

पैसा तान्ने चुम्बक राखिएका गुडियाहरु
बुझनेलाई बास्तबमा, झेल छ  सुवनमा।।

नखाएसम्म खाउझै रंगीन देखिने जुसहरु!!
खाएपछि   खतरा, मट्टितेल छ सुवनमा।।।

नछिरेसम्म  कौतुहलता,छिर्न मन लाग्ने!!
छिर्रेपछि बन्द कोठा ,जेल  छ  सुवनमा।।
-राम सुन्दर बस्नेत ,कोरिया 

0 comments

Write Down Your Responses

-->