नमस्ते ग्रुप द्वारा मनोरन्जन सगै परोपकार "फ्री स्टाइल डान्स पार्टी" भब्य तताइने





नमस्ते नेपाल कोरिया सम्बाददाता सोल, दक्षिण कोरिया २४ जनवरी ,२०१७ l
सेवा नै धर्म हो भन्ने उदेश्यले मनोरन्जन सगै परोपकार गर्ने योजना अनुरुप जाडो मौसममा नेपालमा गरिब तथा असाहाय बृद्धबृद्धा र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्यले कोरियामा नमस्ते ग्रुप द्वारा "फ्री स्टाईल डान्स पार्टी" को आयोजना गरिने भएको छ । कोरियामा रहेका युवाहरुको समूह सो नमस्ते ग्रुपले सलनालमा जनवरी २७ तारिख शुक्रबार राति फ्रि स्टाइल डान्स पार्टी भोलुम २ अयोजना गर्न लागेको हो ।
डान्स पार्टीबाट प्राप्त रकमले भुकम्प पीडित हजुरबुबा, हजुरआमा तथा अनाथ बालबालिकाहरुलार्इ न्यानो कपडा बाढिने जनाएको छ । सलनाल पछि लगतै सो ग्रुपले आफ्नै प्रतिनिधि नेपाल पठाएर बितरण गर्ने योजना रहेको जनाएको छ ।
डान्स पार्टी गत छुसकमा पहिलो भाग गरिएकै स्थानमा सउलको छोङ्गरोगा स्थीत ड्रिम प्यालेसमा गरिने भएको छ । ग्रुपले कोरियाली नया बर्ष सलनालको शुभ अवसरमा चिसो मौसम लाई चुनौती दिदै यस पालि अझ भरपुर मनोरन्जन दिलाउन उचित सम्पूर्ण ब्यबस्थापन पुरा गरेको जनाउदै सम्पूर्ण संगीत प्रेमी महानुभावहरुलाई खुलेर नाच्न र रमाउनको लागी हार्दिक निमन्त्रणा गरीएको छ l
जाने तरिका , लाइन नं. १ बाट 종로३ 가 exit no = 15



Video :- Nepali WEB TV


,

0 comments

Write Down Your Responses

-->