यम बुद्द प्रति समर्पित Nephop-Night को लागि Laure र Loore कोरियामा


यम बुद्द प्रति समर्पित Nephop-Night को लागि Laure र Loore कोरियामा मानस घले र अाशिस राना)
जनवरी , २८ शनिबार सउलमा हुनेNepz Party Rockers In Korea द्वारा अायोजित NepHoP NiGht पार्टीको लागि मानस घले र अाशिस राना अाज दिउसो १ बजे सउल अाइपुग्नु भएको छ । सम्पुर्ण तयारी भईसकेको यस कार्यक्रम मनोरन्जन र नेपाली हिपअप जेनरको उत्थानको लागि अायोजना गरिएको भएता पनि गायक अनिल अधिकारी - यम बुद्दको असमायिक निधनले मर्माहित भई उहांको सम्मान र सम्झना स्वरुप उहां प्रति समर्पित गरिदैं श्रद्दान्जली कार्यक्रम पनि गरिनेछ ।

कोरियामा नै पहिलो पटक २०११ मा डान्स पार्टीको थालनी गरी य‍ो मिति सम्म १८ वटा पार्टी गरी इतिहास रची सबैको मन मुटुमा बस्न सफल NPRIK समुहले यसपटकको पार्टी नेपाली युवाहरु माझ लोकप्रिय (Nephop) Rappers हरु लाउरे र मानस घलेको साथमा कोरियामा डान्स पार्टी गरी पार्टी ईतिहासमा अर्को थप नयां पाना थप्ने तयारिमा रहेको छ ।

कार्यक्रम गएको छुसकमा "नाचन ठुलि - २ " भएको हल Mohaksan Club मा हुनेछ । दोङ्देमुन ३ नं को पारि पट्टी ४ नं गेटमा २ वटा निशुल्क बस हरु उपलब्ध गराईनेछ(९ बेलुकी देखी रात २ बजे सम्म) । उक्त बसहरुमा Nephop Night - NPRIK को ब्यानर राखिएको हुनेछ , हेरेर मात्र चढ्नुहोला ।

विस्तृत :010-9806-7072 /010-9051-2157 / 010-4263-2530 / 010-3038-5021 010-2141-1317/ 010-5959-4389/ 010-2163-3549-010 / 010-3085-0969 / 010-2179-2659


,

0 comments

Write Down Your Responses

-->