नि:शुल्क बसको व्यवस्था सगै आँधीखोला सांगितिक सौगात भब्य हुने


नेत्र पौडेल , सौल।
२४ जनवरी ,२०१७

सल्नाल को दिन अर्थात जनवरी २८ मा स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको आँधीखोला सांगितिक सौगात -५ मा नि:शुल्क बसको व्यवस्था गरिने भएको छ

दर्शकहरु को सुबिधालाई मध्यनजर गर्दै कार्यक्रम हुने दिन मिनि नेपाल समेत भनेर चिनिने दोङ्देमुनबाट कार्यक्रम स्थल सङ्बुक कुमिन यसङ ह्वेग्वान सम्म जान लागि नि:शुल्क बसको ब्यबस्था गरिएको कार्यक्रम संयाेजक धर्म गुरुङले ले जानकारी दिनुभएको छ। बिहान ११ बजे देखि ४ बजे सम्म नि शुल्क बस सेवा लिन सकिए बताईएको छ। परिवार ले सो कार्यक्रम को लागि नेपाल का ख्याति प्राप्त आधा दर्जन को कोरिया भित्राउदै छ।

“कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको बताईएको छ। मुल आयोजक समिति र अन्य उपसमिति हरुले कार्यक्रम सफल बनाउन आ – आफ्नो काम गरिरहेका छन , बिगत जस्तै कार्यक्रम सभ्य र भब्य रुपमा सफल हुने निश्चित छ” परिवार का अध्यक्ष राजु भण्डारी ले भने। प्रचार प्रसार ब्यापक भईरहेको,कार्यक्रम लागि दक्षिण कोरीया बासि नेपालीहरूबाट आर्थिक सहयाेग संकलन उत्साहजनक रुपमा हुनुका साथै टिकट हरू सबै तिर बितरण गरिएको भण्डारी ले बताए। कोरीयामा रहेका सबै संघ सस्था तथा दक्षिण कोरीयाबासी नेपालीहरूबाट कार्यक्रम सफल बनाउन साथ र सहयोग रहने अपेक्षा गर्दै सम्पुर्ण कोरियाबासी नेपाली लाई परिवार ले हार्दिक निमन्त्रणा पनि गरेको छ।
सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरियाले समय समय मा विभिन्न कार्यक्रम हरु गर्दै उठेको रकम बाट समग्र स्याङ्जा जिल्ला को स्वास्थ र शिक्षा क्षेत्रको बिकासमा मा सेवा पुर्याउदै आएको छ भने काम छोडेर बस्ने नेपाली हरु लाई मध्यनजर गर्दै हाम्रो स्याङ्जा घर “सेल्टर” संचालन गरिरहेको छ।

0 comments

Write Down Your Responses

-->