कोरियामा सुम्निमा र यलम्बर सांगीतिक सौगातले यसरी सलनाल तताउने

उमेश शेरालुङ्ग , सउल, दक्षिण कोरिया

किराँत राई यायोक्खा द. कोरियाले कोरियाली नया वर्ष सलनाल को बिदाको शुभ अवसर पारेर "दिर्घकालिन तथा ब्यबस्थित सुम्म्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ"सुम्निमा सांगीतिक सौगात भाग-३ जनवरी २८, सउलमा र
"देश बिकाशको मुख्य आधार, शैक्षिक क्षेत्रमा सुधार" भन्ने उदेश्यका साथ यलम्बर सांगीतिक सौगात भाग-१ जनवरी, २७ बुसानमा भब्य कार्यक्रमको तयारी पुरा गरेको प्रचार प्रसार सयोजक उमेश शेरालुंगले जानकारी दिनुभएको छ l

जनवरी २८ अर्थात् सलनालको दोस्रो दिन किराँत राई यायोक्खा दक्षिण कोरिया द्वारा आयोजना हुन गैरहेको सुम्म्निमा सांगीतिक सौगात भाग-३ कार्यक्रमको अन्तिम तयारी पुरा भएकोछ।
“सरल, स्वास्थ्य, सुखी जीवनको हाम्रो सामाजिक अभियान ” भन्ने मुल नाराका साथ प्रवास मा आपत विपत परेको नेपालीलाई सहयोग गर्ने उद्देश्यले दिर्घकालिन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ आयोजना गर्न लागेको जनवरी २८ तारिक “सुम्निमा सांगितीक सौगात भाग – ३” कार्यक्रम सफल बनाउनका लागि सबै क्षेत्र बाट तिब्र रुपमा काम अगाडी बढ्दै सम्पूर्ण तयारी पुरा भएको कुरा गत आइतबार कार्यक्रमका संयोजक लोचन राईले अनलाईन रेडियो गोर्खाली दक्षिण कोरिया बाट सार्बजनिक गरेका छन् ।

कार्यक्रम सफल बनाउन बिशेष त आर्थिकको ठुलो भूमिका हुने भएकोले आर्थिक संकलनका संयोजक पवन चामलिंगले आर्थिक संकलन लाई तिब्र रुपमा अगाडी बढाई रहेका छन् भने ब्यबस्थापनमा समितिका पदाधिकरीहरु लागि परेका छन्। उता कलाकारहरुको कोरिया प्रवेश भिसा पनि सबै पुरा भैसकेको छ। डिजिटल साउण्ड सिस्टम, जाडोको लागि हिटर, वाईफाई इन्टरनेट सुबिधा सम्पन्न जस्ता बिशेषता भएको हलको ब्यबस्था गरिएकोछ।

अहिलेका बहु चर्चित भर्सल टाईल गायक: राजेश पायल राई, स्वीट भोईस: मिलन आमात्य, चर्चित लोक गायिका तथा उदघोषिका: कोमल ओली, चर्चित हास्य कलाकार: राजा राजेन्द्र पोखरेल, दोहोरी गायिका: प्रीति आले मगर, चर्चित डान्सर तथा मोडेल: रंजीता लिम्बु, चर्चित गायिका: कला राई, र अन्य नव प्रतिभाका कलाकारहरु: मीना राई, भीम लिम्बु, राजेश राई जस्ता कलाकार हरुले “सुम्निमा सांगीतिक सौगात भाग-३” मा रौनक दिदै कोरियाको चिसो चिसो मौसम लाई तताउने छन ।
कार्यक्रम तालिका:
मिति: जनवरी २८, २०१७
समय: ठिक १ बजे
स्थान: फेग जुन्योन किन्योम ग्वान (छुन्गो ओगा, सौल)
जाने तरिका: सब वे लाईन नं-१ छुन्गो ओगा( छुन्गो ओगा स्टेसन गेट नं-२ बाट हिडेर ५ मि., अथवा तुङ्ग्देमुन गेट नं. १,२,३ बाट हिडेर १५ मिनेट

"देश बिकाशको मुख्य आधार, शैक्षिक क्षेत्रमा सुधार" भन्ने उदेश्यका साथ यलम्बर सांगीतिक सौगात भाग-१ जनवरी, २७ बुसान


0 comments

Write Down Your Responses

-->