सन्जिव सिङको 'रिमझिम वर्षातमा' सुदीप र निशाको रोमान्स अभिनय (भिडियो )


सोल,२० जनवरी ,२०१७ ,दक्षिण कोरिया l

'चिसो सहर' सगै 'रिमझिम वर्षातमा' सुदीप कार्की नायिकाहरुको साथ ज्वलन्त अभिनय सहित करियरको मोडमा : -


सुमधुर मेलोडियस पप गायक सन्जिव सिङ को नयाँ गित ” रिमिझिम रिमझिम बर्षातमा ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा कोरियामा बिगत ५ वर्ष देखी रहंदै आउनुभएका सुदिप कार्की ' किस्मत ' ले उत्कृस्ट अभीनय पस्कनु भएको छ । कार्कीले अभीनय गर्नु भएको यो दोस्रो म्युजिक भिडियो ‘रिम्झिम्’ युटुबमा सार्वजनिक भएको छ जस्लाई जनवरी १६ मा इमेज च्यानल , हिमालय टिभी बाट रिलिज गरिएको थियो। उक्त गितमा चर्चित मेलोडियस गायक सन्जीव सिंह को स्वर रहेको छ । त्यस्तै उक्त गितमा शब्द र सम्पादन प्रबिन श्रेष्ठ को रहेको छ र जसलाई अहिलेको व्यस्त निर्देशक पासङ योन्जन लामा ले गरेका हुन।




उक्त ” रिम्झिम रिमझिम बर्षातमा “ गीतमा सुदिप कार्कीको साथ नायिका निशा अधिकारीको ज्वलन्त रोमान्स अभीनय रहेको छ। उक्त गीतको एरेन्जर स्वर्गीय गायक सुनिल बर्देवा ले गरेका हुन्। सुदिप कार्कीले यसभन्दा अगाडी गायक राज सागरको ‘चिसो शहर‘मा अभिनय गरेका थिए , जसमा नायिका केकी अधिकारि ले साथ दिएकी थिईन् भने उक्त भिडीयोले धेरै लोकप्रियता पनि कमाएको थियो। उक्त म्युजिक भिडियोमा केकी अधिकारिको फरक अवतार र ह्वील चेयर मा एउटा एसिड आक्रमण घटना बिषयमा आधारीत धार देखाईएको थियो । आगामी दिनहरूमा पनि कार्कीले आफ्नो अभिनयलाई निरन्तर यस्तै सुन्दर अभिनयहरू मार्फत अगाडी बढाईरहने र सबैको माया , हौसलाको पनि खाचो रहेको बताएका छन् l

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला l

RIMJHIM - Sanjeev Singh | Sunil Bardewa Ft. Nisha Adhikari | New Nepali Melodious Pop Song 2017






Chiso Sahar - Raj Sagar Ft. Keki Adhikari | New Nepali Melodious Adhunik Song 2016


0 comments

Write Down Your Responses

-->