लमजुंग ईशानेश्वर क्याम्पस भोर्लेटारमा धार्मिक तथा शैक्षिक महोत्सवको आयोजना -सहयोगको अपिल

शान्ता कमली । पश्चिम लमजुङको भोर्लेटारस्थित इशानेश्वर क्याम्पसमा माघको १६ गतेबाट २३ गतेसम्म धार्मिक तथा शैक्षिक महोत्सव एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । क्याम्पसले बुधबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी धार्मीक महोत्सवको बारेमा जानकारी गराएको हो ।
इशानेश्वर धार्मीक तथा शैक्षीक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको बारेमा जानकारी गराउँदै महोत्सव मुल आयोजक समितिका संयोजक प्रेमलाल श्रेष्ठले महोत्सवबाट ३ कारोड दान संकलन गर्ने लक्ष्य राखीएको बताउनुभयो ।
आठ दिन सम्म सञ्चालन हुने महोत्सवबाट क्युएए स्ट्यान्डर क्याम्पसको बृहत्तर शैक्षिक एवं भौतीक विकास गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गरीएको श्रेष्ठले जानकारी दिनुभयो । वि.स २०५७ सालमा स्थापना भएको क्याम्पसले आधुनिक र वैज्ञानीक युगमा शहर केन्द्रीत प्राविधिक शिक्षालाई गाउँ केन्द्रीत बनाउने उदेश्यले महोत्सवको आयोजना गरीएको हो । लमजुङकै दोस्रो सामुदायिक क्याम्पस भएको र स्थानीय तहमा रहेका न्युन वर्गीय विद्यार्थीहरुको उच्च शिक्षाको पहुँचमा वृद्धि गरी क्याम्पसबाट प्रदान गरीने शैक्षिक सेवालाई गुणस्तरीय बनाइने समेत श्रेष्ठले बताउनुभयो ।
“उच्च शिक्षामा सामुदायिक प्रयास ,समृद्ध क्याम्पस हाम्रो विकास” भन्ने मुल नाराका साथ आयोजना गरीएको धार्मीक एवं शैक्षीक महोत्सवले क्याम्पसमा प्राबिधिक शिक्षा संचालनका लागि ठुलो सहयोग पुग्ने अपेक्षा गरीएको छ । महोत्सव ईशानेश्वर क्याम्पस भोर्लेटारको प्राङगणमा  संचालन गरीने छ ।
महोत्सव सफल पार्नका लागी एक हजार ८ सदस्यीय मुल आयेजक समित एवं ३५ वटा उपसमिति निर्माण गरी काम अगाडि बढाइएको श्रेष्ठले जानकारी दिनुभयो । धार्मीक महोत्सवमा भागवत् भाष्कर पण्डित श्री कमलनयन गौतमले धार्मीक प्रबचन दिने कार्यक्रम रहेको छ । क्याम्पस संचालनका निम्ति आर्थीक तथा शैक्षीक विकासका लागि महोत्सवले ठुलो टेवा पुग्ने आशा गरीएको छ ।
महोत्सवको अवसरमा माघ १५ गते सामुदायिक उच्च शिक्षाको प्रयास,चुनौती र संम्भावना विषयक गोष्ठी, १६ गते इशानेश्वर क्याम्पस देखि इशानेश्वर महादेव मन्दीरसम्म कलश यात्राका साथै स्थानीय झाकीहरु प्रर्दशन  गरीने १६ देखि २२ गतेसम्म सप्ताह ज्ञान महायज्ञ ,संगितमय कथा प्रवचन  र दानदातालाई सम्मान गरीनुका साथै स्थानीय लोक सस्कृति झल्कने कार्यक्रम  प्रस्तुत गरीने भएको छ ।
-Updated By- Krishna Puri


0 comments

Write Down Your Responses

-->