काठमाडौमा मनलाग्दी जग्गा प्लटिड. रोक्न नयाँ मापदण्ड लागु, तरलता अभावले छ बर्ष अघिको संकट दोहोरिने संकेत

काठमाडौ उपत्यकामा ठूलो परिमाणमा जग्गा खरिद गरी मनलाग्दी किसिमले प्लटिड. गर्दै आएका ब्यवसायीहरुलाई अब ठूलो झट्का लाग्ने संकेत देखिएको छ । काठमाडौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा गरेपछि मात्र जग्गा प्लटिड. र कित्ता काट गर्न भनी मालपोत र नापी कार्यालयहरुमा पत्राचार गरेपछि जग्गा प्लटिड.मा तत्काल अंकुश लागेको हो ।

 काठमाडौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा नगर्ने सबै खाले जग्गाको कित्ता काट रोक्न आग्रह गर्दै पत्राचार गरे पनि अहिले ब्यक्तिगत तवरमा , ४, ६ आनाको कारोबार गरिरहेकाहरुलाई रोकिएको छैन तर मापदण्ड चाँही उनीहरुले पनि अनिबार्य पुरा गर्नुपर्ने भएको छ ।

नेपाल लेखापढी संघका अध्यक्ष तेज ढकालले प्राधिकरण र नगर बिकासले सबैखाले जग्गाहरुको कित्ताकाट रोक्न भने पनि आफुहरुले त्यसो गर्नु नहुने अडान लिएको बताए । उनले नयाँ मापदण्डले ब्यक्तिगत तवरले घर बनाउन खोज्नेहरुलाई असर पर्ने भन्दै सरकारी निकायको ध्यानाकर्षण गरेपछि टुक्रा जग्गाको कित्ताकाट र नामसारी खुलेको उल्लेख गरे ।

कित्ताकाट र नामसारी गर्न खोज्ने ब्यक्तिहरुलाई नयाँ सरकारी मापदण्ड कार्यान्वयन गर्ने शर्तनामा गराई उपत्यकाका मालपोत कार्यालयहरुले कारोबार गर्न थालेको उनले मेरोलगानी डटकमलाई बताए ।

काठमाडौमा कम्तिमा २० फिट बाटो, तोकिए अनुसारको खुला ठाउँ राख्नुपर्नेलगायतका अन्य आधारभुत कुराहरुको ग्यारेन्टी गरेपछि मात्र घडेरीको रुपमा जग्गाको कित्ताकाट हुने  ब्यवस्था मिलाईएको छ । तर चार, पाँच आना जग्गा किनेकाहरुले बाटोको नयाँ मापदण्ड पुरा गर्दा एक नाले घर मात्र बनाउनसक्ने भएकाले टुक्रा जग्गा पनि घाँडो भएर जाने संभावना छ ।

केही समय यता काठमाडौमा जग्गाको दलाली गर्नेहरुले एकपछि अर्को ब्यक्तिबाट बैनामाथि बैना लिदै जग्गा कारोबार गर्दा मूल्य आकासिएको छ भने बैंकहरुले प्रमाणित मूल्यांकनको ५० प्रतिशत मात्र रकम कर्जा प्रबाहमा पनि आनाकानी गर्दा जग्गा कारोबारीहरु समस्यामा पर्ने संभावना बढ्दै गएको छ ।

बैंकहरुमा लगानीयोग्य रकम कम हुँदै गएर कर्जा प्रबाह पनि बन्द हुने अबस्था आएकाले ऋण गरेर जग्गा किन्नेहरु दोहोरो मारमा पर्ने खतरा बढेको छ । बल्ल बल्ल पाएको कर्जाको ब्याज दर पनि बढ्ने, भनेको बेलामा जग्गा पनि नबिक्ने र मूल्य घट्ने अबस्था आए २०६५ सालतिर घरजग्गामा आएको संकटको पुनराबृत्ति नहोला भन्न सकिन्न ।

0 comments

Write Down Your Responses

-->