नयाँ बर्ष नेपाल सम्बत तथा म्ह: पुजा कार्यक्रम भब्य रुपमा सम्पन्न

अनिता श्रेष्ठ
सौल, दक्षिण कोरिया
नेवा: पुच दक्षिण कोरिया द्वारा आयोजित नेपाल सम्बत ११३७ (न्हु:दया भिन्तुना) तथा सामुहिक म्ह: पुजा कार्यक्रम अक्टाेबर ३० तारिक आइतबार नेपाल हाउसमा भब्य रुपमा सम्पन्न भएको छ।
नेपालको मौलिक सम्बत नेपाल सम्बत् नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रम कोरियामा रहेका नेवार समुदाय तथा नेपाली समुदायको संघ संस्थाको उल्लेखनिय बाक्लो उपथितिमा नेवारी परम्परा, संस्कृति, पहिरन, तिहार गित संगीत, बाजागाजा, नृत्य र मिष्ठान्न भोजन सहित उल्लासमय रुपमा सम्पन्न भएको थियो।
कोरिया स्थित नेपाली दुताबासका कार्यबाहक राजदुत किरन शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशेष अतिथिहरुमा एन आर एन आइ सि सि सदस्य द्वय बिनोद कुँवर, केपि सिटाैला , एन आर एन कोरिया अध्यक्ष राजु क्षेत्री , आदिबासी जनजाती महासंघ कोरिया शाखा अध्यक्ष चित्र बहादुर मोक्तान, वमेन फर वमेन अध्यक्ष मल्लिका श्रेष्ठ थकाली, संस्थाका सल्लाहकारहरु सानु प्रजापती, गम्भीरमान श्रेष्ठ र पुरु जोशी रहनु भएको थियो भने विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै आउनु भएका अतिथिहरुको पनि गरिमामय उपस्थित रहेको थियो।
प्रमुख अतिथि कार्यबाहक राजदुत शाक्यले धेरै समय पहिला देखि मान्दै आएको मौलिक नेपाल सम्बतको सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्नुका साथै यसको महत्व र प्रचलनको बारेमा प्रष्ट पार्नु भएको थियो।यसरी देश बिदेशमा रहेर पनि आफ्नो संस्कृति, परम्परा र चाडपर्व सबै मिलेर एकअपसमा सद्भाव बाँडेर मनाउन पाएकोमा खुशी ब्यक्त गर्नु भयो। नेपाल सम्बतको ईतिहास र प्रचलन बारेमा डा. ॐ सुवालले बृस्तृत रुपमा प्रोजेक्टर मार्फत आफुले संकलन जानकारिहरु अवगत गराउनु भएको थियो।
उपस्थित सम्पुर्ण अतिथिहरुले नेपाल सम्बत ११३७ तथा शुभ दिपावलि (तिहार) को सबैमा शुभकामना दिनुका साथै नेपाल सम्बत परम्परा देखि चल्दै आएको बिशेष महत्व राखेको सम्बत हो र यस्तो ईतिहास बोकेको महत्वपुर्ण मौलिक राष्ट्रिय सम्बत छाँयामा पर्नु दु:खको कुरा भएको र यस्तो देशको नाम बाट नै बनेको मौलिक चल्दै आएको सम्बतलाई कुनै एक जातले उपत्यकामा मात्र सिमित नराखि देशभर सारा नेपालीले प्रयोगमा ल्याउनुपर्ने राज्यले बिशेष ध्यान दिनुपर्ने कुरामा सबैले जोड दिए।
साथै नेपाल सम्बतको बारेमा बिस्तृत जानकारी पाएकोमा र यस्तो मौलिक नयाँ बर्षको निरन्तरता दिदै नयाँ बर्ष मनाउने अवसर जुटाइ दिएकोमा आयोजक संस्थालाई मन्तव्यको क्रममा सबैले धन्यवाद प्रकट गरे।
नेवा: पुच दक्षिण कोरियाका अध्यक्ष कृष्ण मुस्यानको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा स्वगत मन्तब्य तथा धन्यवाद संस्थाका संरक्षक तथा कार्यक्रम संयोजक रमेश श्रेष्ठले दिनु भएको थियो भने संस्थाका उपाध्यक्ष राज देसारले कार्यक्रम संचालन गर्नु भएको थियो । यसै संस्था द्वारा सनिबार साँझ दोङ्देमुन सौल स्थित कुमारी भान्छा घरमा सामुहिक म्ह: पुजा कार्यक्रम पनि सप्पन्न गरिएको थियो।
म्ह: पुजा (शरीर पुजा) नेवारी समुदायले नेपाल सम्बत नयाँ बर्षको सुरुवात संगै सुरुको दिनमा परिवार संग बसेर बिशेष पर्वको रुपमा मनाइन्छ।

0 comments

Write Down Your Responses

-->