अनेसास कोरियाले देवकोटा जयन्ती मनाउदै

१ नोभेम्बर ,२०१६ l कोरिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरको आयोजनामा आउँदो कार्तिक २१ गते (नोभेमबर ६ तारिख्) आईतवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्म जयन्ती मनाइने भएको छ । नेपाली भाषासाहित्यमा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश गर्नु हुने देवकोटाको जीवनी ,कृतित्व , कवित्व लगायत सामाजिक बिषयमा दिनुभएको योगदानहरुका वारेमा साहित्यकार हरु सुर्य खत्री 'घायल',प्रमोद सारंग,क्रीस गुल्मेली बाबु र बलदेव भट्टराइ आदिले चर्चा गर्नु हुनेछ । ब्यापक र व्यबस्थित साहित्यिक भेला गर्ने हेतुले कार्यक्रममा कोरियाम छरिएर रहनु भएका साहित्यनुरागीहरुका रचनाहरुसमेत प्रस्तुति गरिने भएको छ । रचना वाचन कार्यक्रमपछि अर्को आकर्षण अनेसास कोरिया विशिष्ट सम्मान हुनेछ । नेपाली नियात्रासाहित्य,संस्मरण र कविता-काव्य विधामा पाँचदशक देखि समर्पित रही आफ्ना अमुल्य सिर्जनाहरुको माध्यमबाट नेपाली भाषा- साहित्यको उन्नयन र विकासमा उच्च योगदान पुर्याउनु हुने साहित्यकार निर्मोही व्यास तथा कोरियन र नेपाली कविता- काव्य र दुबै भाषा -साहित्यको निरन्तर विकास, विस्तार र अन्तर्राष्ट्रियकरण गर्दै अतुलनीय योगदानको कदरस्वरुप कोरियन स्रष्टा किम यङहोलाई देवकोटा जयन्तीको अवसरमा अनेसास कोरिया विशिष्ट सम्मान अर्पण गरिने भएकोछ । सोही समारोहमा अनेसास कोरियामा सदा समर्पित रहेर आफ्नो उपाध्यक्ष पद्को कार्यकाल पुरा गर्नु भएका साहित्यकार सुर्य खत्री 'घायल' को विदाइ कार्यक्रम रहेको अनेसास कोरियाले जनाएको छ ।

0 comments

Write Down Your Responses

-->