अनेसास कोरिया च्याप्टरको पदमा क्रिश गुल्मेली बाबू चयन


सौल , कोरिया ,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास ) कोरिया च्याप्टरको अध्यक्ष पदमा कृस बाबु गुल्मेली निर्विरोध विजयी हुनु भएको छ ।खुला उमेदवारीको लागि २७ तारिखसम्म म्याद राखिएको थियो । गीतकार ,कवि तथा मोडेल गुल्मेली नेपाल कोरिया ट्राभल एन्ड टुरमा कार्यरत हुनुहुन्छ ।
यस अघि अनेसास कोरियाको अध्यक्ष पदमा क्रमश्: कमल प्रसाद आर्याल र स्व मनोज कुमार डाँगी रहनु भएको थियो । अनेसास कोरिया च्याप्टर भाषा- साहित्य, कला र संस्कृतीको उत्थान र विकास गर्ने अभिप्रायले नेपाली डायस्पोरामा रहेर सेवा गर्न इच्छुक सबै व्यक्तित्वहरु सम्मिलित अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो | सन २०१४ फेब्रुअरिमा अनेसास कोरियाको स्थापना भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को स्थापना सन् १९९१ मा संयुक्त राज्य अमेरिकाको कोलोम्बिया डिस्ट्रिकमा भएको थियो | यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टरको रूपमा सन् २००४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको स्थापना भएको हो |हालसम्म संसारका ३० देशमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ६५ वटाभन्दा बढी च्याप्टरहरु स्थापना भै क्रियाशील रहेका छन् |

0 comments

Write Down Your Responses

-->