कोरियामा अन्तराष्ट्रीय नेपाली समाजको प्रथम अधिवेशनमा रमेश उप्रेती निर्वाचित

नमस्ते नेपाल कोरिया डट कम -
कोरियामा  नयाँ शक्ति पार्टी निकट प्रवाश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार दक्षिण कोरियाको सौलमा सम्पन्न अधिवेशनबाट रमेश उप्रेति कोरिया शाखाका अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्ष – सुरेन्द्र बजगाइ,घ्याम्जो लामा,नारायणी घर्ती मगर,महासचिव – पिटर कुमार श्रेष्ठ,सचिब – यज्ञमुर्ती पोखरेल,प्रमिला सिम्खडा,पासाङ नोर्बु शेर्पा,कोशाध्यक्ष – दावा छिरिङ तामाङ,सह – कोशाध्यक्ष – पुरन सिंह निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा सहभागी हुन कोरिया पुग्नुभएका कार्यक्रमका प्रमुख अतिथी नयाँ शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्तिप्रति देश र विदेशबाट आकर्षण बढ्दै गएको बताउँदै सबै मिलेर संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नयाँ शक्ति पार्टीले बोकेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देश, विदेशबाट जनसमर्थन जुट्दै गएकोप्रति खुसी व्यक्त गर्दै त्यसका लागि सबै युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका सबैलाई धन्यवाद दिनुभयो । उहाँले अबको देशको विकास र समृद्धिका लागि युवाशक्ति सक्रियतापूर्वक उठ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी प्रवास प्रादेशिक परिषद्का सहसंयोजक शंकर भण्डारी, नेपाल प्रेस सोसाइटीका प्रल्हाद पोखरेल कोरियाका भात्रि संघठन नेपाली कांग्रेस का प्रतिनिधि जन प्रगतिशील का प्रतिनिधि पत्रकार महासंघ का बरिस्ठ उप सभापति रंजन कुँवर लगायत बिभिन्न संघ संस्था का व्यक्ति हरू को उपस्थित रहेको थियो।

कार्यक्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि दबाब सिर्जना गर्न भन्दै हस्तारक्षर संकलनसमेत गरिएको थियो ।

,

0 comments

Write Down Your Responses

-->