आँधीखोला सांगीतिक सौगात ५ भब्य रुपमा सम्पन्न

धन गुरुङ - सउल कोरिया 
 आँधीखोला सांगीतिक सौगात ५ भब्यरुपमा सम्पन्न भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर सांगीतिक कार्यक्रम आयोजना गरेका थिए ।

नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहेको आँधीखोला सांगीतिक सौगात ५ मा लोकदोहोरी गायिका कृष्ण गुरुङले आफ्ना चर्चित गीतहरुले दर्शकलाई नचाएका थिए । म त नेपालकी छोरी, राम्री देखिन्छ, सालैजो लगायतका प्रस्तुति दिएका उनले बजारमा आउन लागेको नयाँ गीत म त राम्री छैन पनि प्रस्तुत गर्न भ्याए । लगत्तै हाँस्यकलाकार नीर आले मगरले दर्शकहरुलाई पेट मिचेर हाँसाए ।
माहोललाई संगीतमय बनाउन अर्का लोकदोहोरी गायक शिव हमाल स्टेजमा उक्लेर आफ्ना चर्चित गीतहरुसंगै दर्शकहरुलाई झुमाए । रोइला गीत, हावा चल्यो जस्ता प्रस्तुति दिएका शिव हमाल पछि जब पप तथा आधुनिक गायिका आस्था राउत स्टेजमा आए दर्शकहरुको जोशले कोरियाको जाडोलाई मात खुवाएका थिए । पोहोरा पनि ढाँट्यो आमाबाट प्रस्तुति सुरु गरेका आस्थाले माया माया, मलाई नेपाली होइन भन्न कहाँ पाईन्छ सम्म आईपुग्दा दर्शक असिनापसिना बनेका थिए ।

अन्तिम प्रस्तुतिसंगै जब पप तथा आधुनिक गायक शिव परिवार स्टेजमा देखिए चर्को हुटिङ्ग दर्शकदिर्घाबाट बर्सिएका थिए । पिउँदिन भन्दा भन्दा पिलायो साथीले, माया लगायत आधा दर्जन प्रस्तुति दिएका शिवले उपस्थित दर्शकलाई स्टेजमै उक्लन बाध्य बनाएका थिए ।
परिवारका अध्यक्ष राजु भण्डारीको सभापतित्वमा भएको औपचारिक कार्यक्रम नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाहको प्रमुख अतिथ्यतामा भएको थियो । अतिथिहरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) वरिष्ठ उपाध्यक्ष ओम जुग्जाली मगर, अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यद्वय केपी सिटौला , बिनोद कुवँर ,नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष खेम कार्की, वुमन फर वुमनका अध्यक्ष मल्लिका थकाली ,  आँधीखोला सांगीतिक सौगातका संयोजक धर्म गुरुङ, सङबुक पुर्व सभासद छङह्योङ जिन रहेका थिए । कार्यक्रम जनवरी २८ तारिखमा भएको थियो

,

0 comments

Write Down Your Responses

-->