शेर्पा संघ कोरियाद्धारा आयोजित साँस्कृतिक कार्यक्रम सम्पन्न

 सुरज गुरुङ -
शेर्पा संघ दक्षिण कोरियाद्धारा आयोजित नेपालीहरुको मौलिक पर्व मे मो च्या लो २१४४ औ ग्याल्बो लोछार विशेष सांस्कृतिक कार्यक्रम गरी संचालित भाग्यशाली बम्पर उपहार योजना खुलाउदै भब्य र सभ्यरुपमा सफलता पूर्वक सम्पन्न भएको छ।

विशेष गरी यस वर्षा ग्याल्बो लोछार नेपाली राष्ट्रीय पात्रो अनुशार फरवरी २७ तारिक पर्ने भएता पनी कोरियामा भने कोरियन नयाँ वर्षा (सलनाल) को अवसरमा लामो बिदा हुने भएकोले नेपाली हरुको कार्य ब्यास्ततालाई मध्य नजर गर्दै समय अनुकूल लोछार मनाएको हो ।
ग्याल्बो लोछारको औपचारिक कार्यक्रमको सभापतित्व सेर साङबो शेर्पाले गर्नु भएको थियो । प्रमुख अथिति आदिवाशी जनजाति माह संघ थियो भने विशेष अथिति मा एनसिसि, नेपाल पत्रकार माह संघ शाखा कोरिया, प्रवाशी मजदुर यूनियन र अथितिमा बिबिन्न जातीय, क्षेत्रीय, राजनितिक दलका का भाद्री संगठन, ऑनलाइन मिडिया कर्मी लगायत थुप्रै नेपाली भाषी संघ संस्थाहरु थिए।

प्रमुख र विशेष अथितिले संयुक्त रुपमा दियो बाली उत्घाटन गरिएको कार्यक्रममा वरिष्ठ उपध्यक्ष पासाङनुर्बु शेर्पाले स्वागत मन्तब्य राखेका थिए । अतिथिहरुले शुभकामना मन्तव्य राख्दै प्रवाशी भूमिमै भए पनि शेर्पा संघले विशेष आफ्नो मौलिक पर्वको जगेर्ना गर्न कार्यक्रम आयोजना गरेकोमा खुलेर प्रसंशा गरे । साथै आगामी दिनहरुमा थप उन्नति प्रगति होश भन्दै सुभ कामना दिए ।

सभापती सेर साङबोले यस वर्षा मेफो टेलो वर्गलाई बिदाई तथा मे मो च्यलो वर्ग लाई स्वागत गर्नु को साथै आफ्नो ूभासा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान भएको बताए ।
ऐतिहासिक संस्कृती र परम्परा संरक्षण र बिकास गर्न र विशेष गरी नेपालीहरुलाई भाद्रित्वको मिलमिलप गराउदै एक अर्कामा ग्याल्बो लोशारको शुभ कामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । साथै नजिकिदै गरेको मे मो च्यलो बर्ग ले विश्व भरी छरिएर रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरुको जीवनमा सुस्ख शान्ति समृदि ल्याओस भन्दै शुभ कामना दिए ।
शेर्पा संघले आपतकालीन राहात कोष स्थापनको लागि संचालन गरेको भाग्यशाली बम्पर उपहार योजना चिट्टा पनी सोही दिन खोलिएको थियो। जसमा प्रथम पुरस्कार ५ तोन सुन १ जनालाइ, दोस्रो पुरस्कार ३ तोन सुन एक जनालाइ, तेस्रो पुरस्कार २ तोन सुन एक जनालाई र चौथो तथा सान्तवना पुरस्कार ५० हजार वन दरले पाँच जनालाई प्रदान गरिने भएको थियो ।

कार्यक्रममा स्थानीय डिजेले बिबिन्न चर्चित रिमिक्स गीतहरु बाजाएर दर्शकहरुलाई नाचाएका थिए । साथमा स्थानीय कलाकारको बेजोड़ प्रस्तुतिले भरपूर मनोरंजन दिएका थिए।

सौलको छुंगक याक स्थित जनवरी २८ तारिक साँझ ६बजे देखि २९तारिक बिहान ६ बजे सम्मा चलेको कार्यक्रममा दर्शकहरु उत्शाहजनक सहभागीता थियो। दर्शकहरूले बिभिन्न कोरियन परिकारको स्वाद वाइन र गीत संगित मार्फ़त निकै मनोरन्जन लिईएको प्रतिकृया दिए।

,

0 comments

Write Down Your Responses

-->