राजेश पायल राईको 'ओप्पा किराँत स्टाइल' मा झुमे कोरियामा नेपालीहरु

मञ्जु गुरुङ- सउल, कोरिया -
तिमी ज्यान माग,ज्यान माग गाउँदै चर्चित भर्सटायल गायक राजेश पायल राई जब स्टेजमा झुम्न थाले अघिल्तिर दर्शकको भीड थामि नस्कनु भयो । यो दृश्य थियो, शनिबार दक्षिण कोरियाको राजधानी सोलस्थित एक हलको । रंगीचंगी बत्तिको चमकमा गायक पायललाई आफ्नै अघिल्तिर पाउँदा कोरियाबासी नेपालीहरुले आफ्नो खुशीलाई यसैगरी पोखेका थिए ।

कोरियन नयाँ वर्ष सलनालको विदाको उपलक्ष्यमा किराँत राई यायोक्खा कोरियाले यो अवसर जुटाइदिएको थियो । स्टेजको अघिल्तिर उफ्रिदै कोरियाको चिसो मौसमलाई तताउने सय हाराहारीका दर्शक मात्र हैन सिटमै झुम्ने दर्शकको पनि कमि थिएन  । विश्व चर्चित बनेको कोरियन गीत ओप्पा खानाम स्टाइल जस्तै नयाँ गित ओप्पा किराँत स्टायल.. ले पनि दर्शकलाई त्यतिकै तताएको थियो । दिक्तेल बजार... हुरर..ल..है.. गर्दै लोक शैलीदेखि मोहनी लाग्ला है जस्ता पुराना गरी राजेशले १० गीत  पस्केका थिए ।

गाला रातै यो कान्छीको गाला रातै.. गाउदै स्टेजमा देखा परेकी चर्चित गायिका मिलन अमात्यले पनि दर्शकलाई त्यतिकै नचाएकी थिइन् । लट्ठै बनायो .. उहिले बाउ बाजेले ...फुर फुर नघुम...बोलका लोकप्रिय गीतदेखि नयाँ गीत गुलेली हान्यो कि नजरले तान्यो.. सम्मका गीतमा दर्शक त्यतिकै रमाएका थिए ।  बान्स मोरको आग्रमा घण्टी बज्यो ..गाउदै उनी स्टेजबाट विदा भइन् ।  लगातार सात गीत पस्केका अमात्यलाई एक पछि अर्को गीतमा दर्शकले हुटिङ र नृत्यले भरपुर साथ दिएका थिए ।

संचारकर्मी तथा लोक गायिका कोमल ओलीले कोटी कोटी होम शिव, पोइ चाहियो भनेर गीत गाउने मेरो लास्ट चोटी हो भन्दै उद्घोषको शुरुवातमै तातिएका स्टेज एक पछि अर्को हट कलाकारको प्रस्तुतीले चार घण्टा पछि मात्रै सेलाएका थिए । बालै भएन, आइलभ यु कल्ले भन्यो चालै भएन ...र पोइला जान पाम ..जस्ता ओलीको विच विचको प्रस्तुतीले पनि दर्शकलाई सेलाउनै दिएन ।

त्यसैगरी रञ्जीता लिम्बुको हट नृत्यदेखि बेली डान्सरको उपमा पाएकी लोक गायिका प्रिति आले मगरको लोक भाकासंगै कम्मर मर्काइबाट पनि  दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । साँझ ढल्दै छ ओलकिो जवानी चढ्दै छ भन्दै अविवाहित कलाकार कोमल ओलीकै व्यंग कस्दै स्टेजमा उक्लेका हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले सामाजिकदेखि राजनीतिकसम्मलाई व्यंग हान्दा दर्शकको हाँसो गुञ्जिएको थियो । जहिले ढलाउने, कहिले होला पाँच वर्ष सरकार चलाउने, हरेक वर्ष ५० मन्त्री फलाउने जस्ता प्यारोडीले दर्शकलाई नहाँसी बस्नै दिएन ।

आपत विपदमा परेका बेला बास स्थानको व्यवस्था गर्ने सेल्टरको स्थापनार्थ सुम्निमा संगीतिक भाग ..३ को ओजना गरिएको हो । जसले कोरियामा १२ देखि १६ घण्टासम्म  काम गर्दा गलेका तन र मनको थकानलाई  मेटाउन केही राहत मिलेको दर्शकले प्रतिक्रिया दिए ।



,

0 comments

Write Down Your Responses

-->