नेवा: पुच: द. कोरियाको नवौ अधिबेसन भब्यताका साथ सम्पन्न:

नमस्ते नेपाल कोरिया संवाददाता 
सउल आन्नाम स्थित ईन्डियान पालेस रेष्टुरेन्टमा भएको नवौ अधिबेसन्मा सर्ब सहमत अध्यक्ष श्री सानु प्रजापती सहित १३ जान को कार्य समिती चयन भएको छ । जसमा वल्ड नेवा अर्गनाइजेसन कोरिया प्रतिनिधि - गम्भीरमान श्रेष्ठ ,बरिस्थ उपाध्यक्ष श्री निर्मल महर्जन, उपाध्यक्ष श्री पुष्कर श्रेष्ठ, महा सचिब श्री राज कुमार डंगोल, सचिब श्री सकिन श्रेष्ठ, कोषाध्यक्ष नानु छोरी महर्जन्, सह- कोषाध्यक्ष अनिता श्रेष्ठ सदस्यहरुमा: श्री सन्त मान श्रेष्ठ, श्री सुधिर श्रेष्ठ, श्री रसिक डंगोल, श्री सुसन डंगोल, श्री बिजय लाल श्रेष्ठ र उपेश श्रेष्ठ चयन गरेको  छ।


कोरियामा रहेर बिभिन्न पेशामा रहेका नेवारहरुको एक्यबदता ,सद्भाब   र समस्याहरुलाई आपसी मिली समाधान गर्दै नेवार भाषा  ,सस्कृती र परम्परालाई दर्साउदै बिभिन्न संघ सस्था  र बिषेश ब्यक्तीहरु सँग हातेमालो  गर्दै नेवा: पुच: ले आफ्नो छुटै पहिचान बोक्दै आइराखेको छ ।

वोमन फोर वोमनका अध्यक्ष श्रीमती मल्लिका थकाली श्रेष्ठ ज्यु को प्रमुख अतिथित्वमा सुचारु भएको उक्त कार्यक्रमउपाध्यक्ष श्री निर्मल महर्जन ज्युले सन्चालन गर्दै स्वागत मन्तब्य बरिस्थ सल्लाकर तथा सरक्षक श्री रमेश श्रेष्ठ ज्यु ले गर्नु भएको थियो । त्यसै गरी २ बर्षीय कार्यकाल अवधीको  बार्षिक प्रतिबेदन  कार्यकारी सचिब ज्यु श्री राज कुमार डंगोल र आर्थीक प्रतिबेदन सह- कोषाध्यक्ष सुश्री नानी छोरी महर्जन ज्यु ले पेस गर्नु भएको  थियो र निबर्तमान अध्यक्ष श्री कृष्ण मुस्यान ज्यु ले उक्त कार्य समिती बिघटन भएको घोषाना गर्दै सर्ब सहमत श्री सानु प्रजापती ज्यु को अध्यक्ष  सहित १३ जान को कार्य समिती चयन भएको थियो ।


,

0 comments

Write Down Your Responses

-->