वर्ल्ड पिपुल्स डे को अवसरमा फेन्थेकमा मे २९तारिक "एसियन महोत्सब" हुदैँ

गौरब न्यौपाने ,दक्षिण कोरिया
१८ मे, २०१६

विश्व जन दिवस (वर्ल्ड पिपुल्स डे ( World people's day) को अवसरमा दक्षिण कोरियामा पनि मे महिनामा बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l
यसै क्रममा कोरियाको फेन्थेक शहरमा पनि यहि आउदो २०१६ मे २९ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रको आयोजनामा र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशका प्रबाशी समूहहरुको संयुक्त सहकार्यमा आयोजना हुन लागेको एसियन महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेको छ l
सो समारोहमा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि फेन्थेक प्रबाशी सहयोग केन्द्र नेपाली समिती कोरियाले हार्दिक अनुरोध गरेको छ l फेन्थेक नेपालीहरु द्वारा प्रकाशित सुचना अनुसार समारोहमा बिबिध मनोरन्जनात्मक खेल कार्यक्रमहरु हुनुका साथै एसियन खानाका फूड स्टलहरु,विभिन्न अवसरहरु र गीत गायन -नृत्य प्रतियोगिताहरु पनि रहेको बताईएको छ l

फेन्थेक माइग्रेन्ट सेन्टर - नेपाली समितिको सुचना :
हार्दिक स्वागतम !!!
HAPPY PEOPLE'S DAY CEREMONY "with ASIAN FESTIVAL-2016
यहि आउदो २०१६ मे २९ तारिख आइतबारका दिन यस बर्षको विश्व जन दिवस ( People's Day)को अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र द्वारा आयोजना हुन लागेको "एसियन महोत्सब" बिबिध कार्यक्रमका साथ सु-सम्पन्न हुन गईरहेकोले सो समारोहमा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ l
मिति - २०१६ -०५-२९ (आईतबार)
स्थान - फेन्थेक ट्रेन स्टेसन (AK- Plaza) अगाडि पार्क
Time: 12:00 ~ 6 pm
कार्यक्रमहरु :-
१. 9th People's Day Ceremony with Events and Prayers
२. एसियाका परम्परागत पोशाक प्रदर्शन तथा परेड
३. तेकवान्दो प्रदर्शन
४. हाजिरीजवाफ (Quiz) तथा कोरियन लेखाई प्रतियोगिता
५. एसियाका बिभिन्न देशका लोक नृत्य तथा गायन प्रस्तुति हरु
( एसियन रास्ट्रहरुबीच गीतगायन ,नाच प्रतियोगिता )
आकर्षणहरु :-
१. एसियाका बिभिन्न रास्ट्रका परम्परागत खानाका परिकारहरु
२. एसियाका बिभिन्न रास्ट्रको बैबाहिक पहिरन प्रदर्शन
३.नेपाली लोक नाच तथा गायनहरु
४.विभिन्न मनोरन्जनात्मक खेलकुदहरुको साथमा आकर्षक पुरस्कारहरु:-
तेलयुक्त खम्बा चढाई, कुखुरा समात्ने , Challenging OXआदि l
-नोट:- नेपाली कला,सस्कृति र पहिचान झल्काउने पहिरन तथा सामाग्रीहरु सहित उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौं l
आयोजक :-
फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र - (सम्पर्क -031-652-8855)
Pyeongtaek Multicultural Family Support Center -(031-6153951)
फेन्थेक नेपाली समिती - ( Krishna Puri -010-59311934 )

0 comments

Write Down Your Responses

-->