कोरियामा भजन कीर्तन गर्दै यसरी स्वस्थानी समाप्ति गरियो




कोरियामा भजन कीर्तन गर्दै यसरी स्वस्थानी समाप्ति गरियो

गणेश न्यौपाने  

२२ फेब्रुवरी ,२०१६ कोरिया
स्वस्थानीको शांघेको अवसर पारी कोरियामा पनि आफ्नो धर्म ,सस्कृति र परम्पराको जगेर्ना ,प्रबाशी नेपालीको एकताको कामना भन्ने मूल भावसहित भव्यताका साथ भजन-कीर्तन तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ l फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समिति तथा हिन्दु जागरण अभियान कोरियाको सयुक्त पहलमा फेन्थेकमा आयोजित सो कार्यक्रममा कोरियाका बिभिन्न ठाउबाट आएका भक्तजनहरुको आ-आफ्नो भजन प्रस्तुतिका बीच सामुहिकरुपमा गीत गायन तथा नृत्यहरुले नेपालीपनको आभाष दिलाएको थियो l कार्यक्रमको प्रथम चरण अन्तर्गत स्वस्थानी ब्रत कथाका केहि महत्वपूर्ण अध्यया फेन्थेक नेपाली समितिका उपाध्यक्ष तथा धार्मिक सयोजक श्यामकृष्ण रेग्मी द्वारा बाचन गरी पुस्प गुच्छा सहित पुजा आराधना संचालन भएको थियो l
कार्यक्रमको महत्व दर्शाउदै शुभकामना संदेश तर्फ नेपाली समितिका अध्यक्ष कृष्ण पुरी ,हिन्दु जागरणका अध्यक्ष अमृत प्रसाद बास्तोला ,कास्की परिवारका खोम गुरुङ लगाएत अन्य बिशेष अतिथिहरुले आआफ्नो छोटो धारणा राखेका थिए l
दोश्रो चरण को कार्यक्रममा सास्कृतिक बिभाग प्रमुख गौरभ न्यौपाने को सन्चालनमा ईश्वरी घिमिरे को नेतृत्वमा पुर्कोट घर सास्कृतिक समुह ,बलराम भण्डारी - वैजम्बु सास्कृतिक समुह , दिपक पौडेल -फेन्थेक समुह ,हिन्दु जागरण समुह लगाएतको बिशेष भजनकीर्तन प्रस्तुतिहरु ले उपस्थित सबैलाई नचाएको थियो भने लोक गीत तर्फ सरु लामिछाने ,रमिला गौतमको प्रस्तुतिहरुले थप आकर्षक तुल्याएको थियो l
साझ ६ बजे सम्म झन्डै सय नेपालीहरुको उपस्थितिमा चलेको सो कार्यक्रममा नेपाली परिकारहरु सगै चियापान गरी अत्यन्तै रमाइलो बातावरणमा टुंग्याईएको थियो l





0 comments

Write Down Your Responses

-->