कोरियामा मार्च १३ मा प्रेमगीत प्रदर्शन हुदै [प्रेमगीत कोरिया ट्रेलर भिडियो सहित ]

कोरियामा मार्च १३ मा प्रेमगीत प्रदर्शन हुदै

नमस्ते नेपाल कोरिया सम्बादाता
२३  फेब्रुवरी २०१६ ,कोरिया |

मार्च १३ मा नेपाली कथानक चलचित्र प्रेमगीत को पर्दशन सगै  दर्शक हरु लाई ३०००० वोन ब्यालेन्स भएको सिम कार्ड पनि निशुल्क प्रदान गरिने :

"नेपाली कला र सस्कृति लाइ संरक्षण गरौ ,प्रबासमा रहेका खेलाडीहरुलाई  सम्मान गरौ "भन्ने उदेश्यका साथ् कास्की परिवार दक्षिण कोरियाले यहि आउदो मार्च १३ मा नेपाली कथानक चलचित्र प्रेमगीत को प्रदर्शन  गर्ने भएको छ |
बिबिध कारणबस आफ्नो देश बाट टाढा रहनु परेता पनि आफ्नो देशको मौलिक सस्कृति, भाषा -धर्म अनि परम्पराहरु लाई  प्रबासी भुमिमा पनि जिबन्त राख्न प्रयास गर्दै आइरहेको यस कास्की परिवारले यसपटक देश को भावनात्मक एकताका लागि देशबासी सबैलाइ एकै स्वर एउटा  मालामा उन्नको लागि अहम भूमिका खेल्ने खेलाडीहरु लाई  सम्मान गर्ने जमर्को गरेको छ |

 विभिन्न खेलहरुमा आफ्नो कौसल देखाएर खुषी  दिलाउने तिनै खेलाडीहरु जो विभिन्न कारण बस आजको दिनमा परदेशमा हुनुहुन्छ उहाहरु लाई सम्मान गर्न को लागि हाल नेपालको सांगीतिक बजारमा  चर्चा चुलिदै  गरेको  पूर्ण   प्रेम कथा मा आधारित चलचित्र प्रेमगीत को प्रदर्शन  गर्ने भएको छ |                                                                                                                    
बिगतका दिनहरुमा पनि कास्की परिवारले आयोजना गर्दै आएको विभिन्न सास्कृतिक कार्यक्रममा सहभागी भै पूर्ण रुप मा सफल पार्नु हुने सम्पूर्ण कोरियाबासी नेपाली हरुले फेरी यो पटक पनि नेपाली खेलाडीहरुको  सम्मानार्थ आर्थिक संकलन तथा सम्पूर्ण कोरियाबासी नेपाली लाई  मनोरंजन प्रदान गर्ने उदेश्यका  साथ पर्दशन गर्न लागिएको सो प्रेमगीत चलचित्र हेरेर कार्यक्रम सफल पारीदिनु हुन सम्पूर्ण कोरिया बासी नेपालीहरु  लाई आव्हान गर्दै परिवारका अध्यक्ष खोम प्रसाद गुरुङ ले बताउनु भयो |
ASSU SEN ब्यानरमा युबा निर्माता सन्तोष सेन द्वारा निर्मित यस चलचित्र प्रणय दिवस (valentine day) को अवसर पारि माघ २९ (feb 12) देखि नेपाल अधिराज्य भरी  पर्दशन गरिने भएको छ भने मार्च १३  आइतबार को दिन पारी  कोरियाको राजधानी सहर सउल  को दोंगदेमून नजिकै रहेको दुसन टावर पछाडी रहेको जुंग गुमिन ह्वेग्वान (NRN को चुनाब भयको हल ) मा प्रदर्शन  हुने भएको छ |
कोरिया मा रहेका सम्पूर्ण सामाजिक संघसस्था संग स्थापना काल देखी नै सहकार्य गर्दै आयको यस कास्की परिवार ले गर्न लागेको चलचित्र पर्दशनीको दिन पारी  कुनै पनि सामाजिक, धार्मिक, राजनीतिक तथा अन्य संघसस्था ले कार्यक्रम नराखिदिनु भै पूर्ण रुपमा सहयोग गरिदिनुहुन  पनि कास्की परिवारले  अनुरोध गरेको छ |
साथै सो कार्यक्रम मा उपस्थित सम्पूर्ण दर्शकहरु लाई  कास्की परिवार को बिशेष  पहलमा कोरियाका बहु- प्रतिष्ठित दुर संचार सेवा प्रदायक SK तथा KT टेलिकम संगको समन्वय मा ३०००० वोन बराबर को INTERNATIONA CALLING CARD सहित को सिम कार्ड निशुल्क उपलब्ध गराउने कुरा पनि जनाएको छ | यसको लागि सम्पूर्ण दर्शकहरुले अनिबार्य रुपमा आफ्नो परिचय -पत्र (ALIEN CARD) लिएर आउनु पर्ने छ |






प्रेमगीत प्रोमो :-     https://www.youtube.com/watch?v=b_8v1zQWh0I&feature=youtu.be






प्रेमगीत कोरिया ट्रेलर  भिडियो :- https://www.youtube.com/watch?v=QjyspKWoXu0




,

0 comments

Write Down Your Responses

-->