कास्की परिवार कोरियाको स्थापनाकाल देखीका उकालीहरु

कास्की परिवार दक्षिण कोरियामा क्रियासिल सामाजिक  संघसस्था हरु बीच परिचित नाम हो| विभिन्न उदेश्य बोकेर कोरिया पर्बेश गर्नु भएका कास्केली दाजु भाइ दिदीबहिनीहरुको सेवा सुबिधा तथा सहयोग को लागि २००८ मा कुशल थापा  को अध्यक्षता मा बिधिबत स्थापित सस्था , स्थापना को छोटो समयमा नै सामाजिक सेवामा उलेख्य कार्य हरु गर्दै आएको छ |
 खास गरि कास्केलीहरुको सेवा र सहयोग को लागि स्थापित यस सस्था ले दक्षिण कोरियामा क्रियासिल अन्य संघसस्थाहरुको सहकार्यमा कोरिया तथा नेपालमा संचालित विभिन्न आर्थिक तथा सामाजिक सहयोगका कार्यक्रमहरुमा पनि प्रभाबकारी भूमिका खेल्दै आएको छ|
      यसै क्रममा नेपाल बाट कोरियामा शान्ति दिप ल्याउनको लागि होस् वा नेपाल हाउस ब्यबस्थापन साथै अन्य बिभिन्न समय मा समेत कोरिया मा रहनु हुने सम्पूर्ण नेपालि हरु मा पर्न जाने दुर्घटना बिमार तथा असमाहिक निधनका घटनाहरुमा समेत आर्थिक सहयोग गर्दै आएको छ |
साथै कास्की बाट EPS प्रणाली मार्फत कोरिया आउनु भएका हरि के सी जो रक्त क्यान्सर बाट पिडित भै कोरिया स्थित हस्पिटलमा उपचार गराई रहनु भएको थियो उहा को उपचार सहयोगार्थ कास्की परिवार को अगुवाई मा आर्थिक संकलन अभियान चलाइ लगभग १००००००० कोरियन वोन उहालाई सहयोग गरेको थियो भने कास्की कै बभिस्वोर गुरुङ जसको कोरिया मा असमाहिक निधन भयो उहा को सब नेपाल पठाउन को लागि तमु धी संग सहकार्य गरेर आर्थिक संसहयोग गरेको थियो उक्त क्रम मा सब नेपाल पठाइ बचत भयको बाकि रकम उहाकै परिवार लाइ नेपाल मा हस्तान्तरण गरियको थियो |
 कास्की परिवार कोरिया ले कोरिया मा मात्र नभई कास्की मा समेत विभिन्न क्षेत्र मा सामाजिक तथा आर्थिक सहयोग को कार्य  गर्दै आयको छ| अन्नपुर्ण बाढी पहिरो प्रकोप पीडित हरु लाइ रहात वितरण मा आर्थिक सहयोग भूकम्प पिडित हरु लाइ राहात वितरण मा आर्थिक सहयोग बलभद्र शुक्रराज मा बि मा अर्धबार्षिक छात्रवृत्ति तथा सहारा एकेडेमी लाइ समेत सहयोग गर्दै आयको छ |
 कुसल थापा  को अध्क्षता मा गठन भयको कास्की परिवार त्यसपछि नबिन गुरुङ को  कार्यकाल हुदै हाल आएर खेम प्रसाद गुरुङ  को अध्यक्षता मा तेश्रो कार्यसमिति गठन भै विभिन्न कार्यक्रम हरु संचालन गर्दै आयको छ |
कास्की परिवार सामाजिक सेवा को क्षेत्र मा मात्र नभई खेलकुद को तर्फ बाट पनि कोरिया मा परिचित हुदै आयको छ l बिशेस गरि भलिबल मा आफ्नो प्रभुत्व जमाउदै आयको छ lकोरिया मा विभिन्न संघ सस्था ले सन्चाल गर्ने प्रतियोगीता मा आफ्नो सफल प्रदर्शन  को कारण कास्की परिवार भलिबल खेल को पर्याय नै बन्न पुगेको छ | यसै गरि फूटबल मा पनि सफलता हात पार्दै आएको छ|
कोरियाका विभिन्न  चाडबाड को समय हुने छुट्टी को बेला मा सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम हरु पनि संचालन गर्दै आएको यस सस्था ले यहि २०१६ को सलनाल को समय पारेर फेब्रुअरी ७ मा नेपाल हाउसमा बृहद कास्केली भेला को आयोजना गर्न लागेको परिवार का अध्यक्ष  खोम प्रसाद  गुरुङ ले जानकारी गराउनु  भयो | आपसी एकता सद्भाव कायम गर्दै  कास्की परिवारको भावी  कार्यदिशा तय गर्न को लागि उक्त भेलामा ब्यापक छलफल गरिने साथै कोरियामा बिबिध सामाजिक कार्य तथा  विभिन्न संघसस्थामा नेत्रित्व  गर्नु हुने कास्की बासि दाजुभाई दिदीबहिनी हरु लाइ पनि सम्मान गर्ने कार्यक्रम रहेको  पनि जानकारी गराउनु भयो |
प्रस्तुति - अमृत प्रसाद बास्तोला
२३ जनवरी ,२०१६
दक्षिण कोरिया |

0 comments

Write Down Your Responses

-->