कोरियामा कम्पनी दुर्घटनामा परि दायाँ हात गुमाएर आर्थिक आपतमा पर्नु भएका राम प्रसाद पाण्डे लाई सहयोगको अपिल

"कोरियामा कम्पनी दुर्घटनामा परि दायाँ हात गुमाएर आर्थिक आपतमा पर्नु भएका राम प्रसाद पाण्डे लाई कृत्रिम हात राख्न र आर्थिक सहायता प्रदान गर्न फेन्थेक नेपाली समिति द्वारा सहयोगको अपिल "

नमस्ते नेपाल कोरिया 
०५ डिसेम्बर २०१५ 
कोरिया l
कामको शिलशिलामा प्रबाशी भुमी कोरियामा आएर आर्थिक आम्दानी सगै आफ्नो घर परिवारलाई सहज र आफ्नो भबिष्य पनि उज्वल बनाउँला भनेर हामी सबै जना बाबु-आमाको न्यानो काख र मातृभूमि प्रतिको आफ्नो कर्तब्यलाई पनि छोड्न बाध्य हामी आ -आफ्नो सपना बोकेर नै बिदेश पस्छौँ।तर कुनै बेला ती नै उज्याला सपनाहरु एक्कासि कालो बादलले छोपिदिँदो रहेछ।
बिडम्बना ! यस्तै भएको छ, स्याङ्जा स्थायी घर भई हाल दक्षिण कोरियाको थेगुमा रहँदै आउनुभएका बर्ष २५ का रामप्रसाद पाण्डेको जीवनमा।
करिब साँढे २ बर्ष अगाडी कोरिया आउनुभएका पाण्डे 퐁구택(फोङ्गु थेक) नामक प्रेस कम्पनीमा डेढ बर्ष पनि काम गर्न नपाउँदै कम्पनी दुर्घटनामा परी आफ्नो दायाँ हात गुमाउन पुग्नुभयो। कम्पनीले सुरुसुरुमा उपचार खर्च बेहोरे पनि कम्पनी घाटामा डुबेकोले त्यसपछिका उपचार खर्च दैनिक बसाई खानपानका खर्चहरु आफैले जुटाउनु पर्ने र काम पनि गर्न नसक्ने हुँदा थप संकटमा परिरहेका छन l
साथीभाईहरुको सहारा लिएर बस्दै आउनुभएको र अहिलेसम्म वहाको उपचारमा करिब १ करोड २० लाख वन जम्मा खर्च भैसकेको र पुन: कृत्रिम हात राख्नको लागि ठुलै खर्च लाग्ने हुँदा उहाँलाई सहयोगी मनहरुको खाँचो परेको छ र खर्च धान्न र थप उपचारमा गाह्रो भएकोले उपचार पश्चात आफु छिट्टै नेपाल फिर्ता हुन लाग्नुभएको र गीत संगीतमा आगाडी बढ्ने सपना पनि अधुरै रहेको भनी आफुलाई धेरै दुखदायी अवस्थामा रहेको हुनाले केहि भएपनि सहायताको भावाना राखिदिनुहुन सम्पूर्ण कोरियाबासी नेपालीहरु,संघ ,सस्थाहरुमा सहयोगको याचना समेत गर्नुभएको छ।
"फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति दक्षिण कोरिया" ले सबै नेपालीहरु मिलेर बिगतका दिनहरुमा पनि आपतकालीन अवस्थामा हरेक सामाजिक सेवाहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएको हुनाले यस संस्थाले उक्त सहयोग अपिलमा सहयोग गर्ने अभियान राखेको हुँदा सम्पूर्ण कोरियाबासी मनका धनी नेपाली दाजुभाई -दिदीबहिनीहरुलाई सा-सानो भए पनि सहयोग गर्न र सहयोग जुटाईदिनुहुन अनुरोध गर्दछौं।
हामी निरन्तर यहाहरुको सहयोग विवरण खुलस्त सामाजिक संजालहरुमा अपडेट गर्दै यहि डिसेम्बर २७ गते आईतबार फेन्थेक माइग्रेन्ट सेन्टरको हलमा अंग्रेजी नयां बर्षको एक बिशेष कार्यक्रम पारी निजलाई हस्तान्तरण गर्दैछौं l
सहयोग रकम पठाउनुभएका सहयोगीदाताहरुले आफ्नो नाम र पठाउनुभएको रकम को बारेमा तलको बिबरणमा जानकारी गराईदिनुहुन अनुरोध गर्दछौँ।
सम्पूर्ण सहयोगीदाताहरुलाई खान पुगोस दिन पुगोस भन्दै बिशेष आभार व्यक्त गर्दछौ l
धन्यवाद !

सहयोगको लागी खाता नम्बर:-

[ 620 -249496 -432 -KEB Bank - Giri Prabin ]
Bank Code -005
(खाताबाहक :- प्रविण गिरी - 010-2511-0286)









0 comments

Write Down Your Responses

-->